मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज सुनचाँदीको भाउ बढ्यो

आइतवार , श्रावण १०, २०८३

काठमाडौं, १० साउन- आज आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी ४ हजार २४० रुपैयाँ थियो ।

प्रतिक्रिया