शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज बुधवारपनि बढ्यो सुनचाँदीको मूल्य

बुधवार , श्रावण ६, २०८३

काठमाडौं,०६ साउन  नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलाम ५ हजार ४०० रुपैयाँले बढेको हो । 

योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ पुगेको थियो । 

सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको थियो । यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो । 


यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ३७० रुपैयाँ थियो । 


सोमबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो । 

 

प्रतिक्रिया