शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रास्वपा सिन्धुलीको सभापतिमा अभिनाश बस्नेत निर्वाचित

आइतवार , जेठ २४, २०८३

 

सिन्धुली, २४ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट विभिन्न पदाधिकारी तथा सदस्य पदमा निर्वाचित प्रतिनिधिहरूको औपचारिक घोषणा गरिएको हो ।

निर्वाचन परिणामअनुसार जिल्ला सभापति पदमा अभिनाश बस्नेत १८१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी  ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत पाए ।

उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित भएका छन् । उक्त पदका अर्का उम्मेदवार सागर खत्रीले ९२ मत प्राप्त गर्दा दिलीपजंग थापाको पक्षमा ६६ मत परेको निर्वाचन समितिले जनाएको छ ।

सचिव पदमा लालप्रसाद देवकोटा (एल.पी.) १८६ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबहादुर देवकोटा (सुवास) ले ७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सहसचिव पदमा दिनेशप्रसाद सापकोटा १३० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरेका थिए ।

खुला सदस्य पदका लागि भएको निर्वाचनमा दिवस पहाडी ८५ मतसहित विजयी भएका छन् । सो पदका अन्य उम्मेदवारमध्ये टंकबहादुर कार्कीले ६७ मत, ताराकुमार श्रेष्ठले ५७ मत तथा कृष्णप्रसाद गौतमले ४५ मत प्राप्त गरेका छन् । यस्तै सभापति पदका निकटम प्रतिस्पर्धी वृखबहादुर बम्जन (अशोक) पनि सदस्यमा चुनिएका छन् ।

दलित सदस्य पदमा कुमार रसाइली १२१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उक्त पदका प्रतिस्पर्धी कृष्णबहादुर परियारले ७६ मत तथा कृतिमान नेपालीले ७३ मत प्राप्त गरेका छन् ।

यसअघि महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै क्षेत्रीय प्रतिनिधितर्फ क्षेत्र नम्बर १ बाट मनीष कार्की तथा क्षेत्र नम्बर २ बाट कैलाश थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठनलाई जिल्लाभर थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीले आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया