शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगतिप्रति मधेशको असन्तुष्टि

आइतवार , श्रावण १८, २०८२

सिन्धुली,१८ साउन – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गर्नुभएको छ ।

मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गर्नुभयो् ।

सो क्रममा आयोजनाको सिनियर डिभिजनल ईन्जिनियर अशोस राज गौतमले आयोजनमा बाँकी कामहरुको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँले दिएको जानकारी अनुसार एक चरणको टनेल निर्माणको कार्य पूरा भइसकेको छ । तर बाँकी रहेको दुई चरणको कार्यप्रगती जम्मा १० प्रतिसत मात्र रहेको छ । जबकी ठेक्का लागेको ५० प्रतिसत समय बितिसकेको छ । यस अनुसार समयमै आयोजना सम्पन्न हुन नसक्ने उहाँले बताउनुभयो ।

अनुगमन पश्चात मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सिचाईका लागि कोशे ढुंगा साबित हुन सक्ने बताउनुभयो । उहाँले सम्पूर्ण कार्यप्रगती असन्तोष जनक रहेको धारणा राख्नुभयो । अनुगमन पश्चात देखिएको समस्याहरुलाई बुंदागत टिपोट गरी रिर्पोट बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र ध्यानाकर्षणसमेत गराउने बताउनुभयो ।

प्रतिक्रिया