शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा २ जना घाईते

आइतवार , जेठ १९, २०८२

सिन्धुली – वि पी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका– ९ चुरेमा शनिवार राति ७ः०५ बजे एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाईते भएका छन ।

सिन्धुलीबाट बर्दीबास तर्फ जादै गरेको महोत्तरी बर्दीबास नगरपालिका– ११ बस्ने ४३ बर्षीय विनय कुमार यादबले चलाएका म.प्र.०४–००१ झ ००१२ नं. को खैयरमारा स्वास्थ्य चौकीको एम्बुलेन्स र विपरीत दिशा बर्दीबासबाट भिमान आउदै गरेको ज १० प ८३९४ मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका ७ बस्ने २६ बर्षीयको फाल्गुनी बस्नेत घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

घाइते मोटरसाईकल चालकको टाउकोमा चोट लागेको अवस्था मध्यम रहेको उपचारलागि सोहि एम्बुलेन्समा हाली जनसेवा अस्पताल बर्दीबासमा लगि उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको मोटरसाईकल लाई लु ४ त ६४९९ नं.को ट्रयाक्टरमा लोड गर्ने क्रममा मोटरसाइकलको ब्याट्री पड्की मोटरसाईकलमा आगलागी हुदां मोटरसाइकल लोड गर्न सघाउने जिल्ला सिन्धुली कमलामाईनगरपालिका – ९ बस्ने २८ बर्षीय किरण कुमार दनुवार आतिएर हाम फाल्ने क्रममा बायाँ खुट्टमा चोट लागि उपचारको लागि बर्दीबास पठाएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा लागेको आगो निभाउने क्रममा प्रहरीको २ वाट फायर बिग्रेड प्रयोग भएको र मोटरसाइकल पुर्ण क्षति भएको प्रहरीको भनाई छ । एम्बुलेन्स चालक र एम्बुलेन्स इलाका प्रहरी कार्यालय बर्दीबासको नियन्त्रणमा रहेको र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया