शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एलन मस्कले छोडे ट्रम प्रशासन

बिहिवार , जेठ १६, २०८२

एजेन्सी – टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताउनुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमार्फत् यसबारे जानकारी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी एलन मस्कलाई दिनुभएको थियो । जनवरीमा ट्रम्प ह्वाइट हाउस आइपुगेपछि उहाँले मस्कलाई नयाँ सरकारी विभाग,DOGE (सरकारी दक्षता विभाग) को नेतृत्वको जिम्मेवारी दिनुभएको थियो ।

“विशेष सरकारी कर्मचारीको रूपमा मेरो कार्यकाल समाप्त हुँदै गर्दा,म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई अनावश्यक खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु” मस्कले बिहीबार ट्विटरमा लेख्नुभएको छ ।

प्रतिक्रिया