बुधवार, आश्विन २१ गते २०८३

Wednesday 7th October 2026

वृद्धा महिलालाई घरबाट निकाल्दा ढल्यो स्पेनको सरकार

मंगलवार , आश्विन २०, २०८३

काठमाडौं,२०  असोज – स्पेनमा ८७ वर्षीया वृद्धालाई दशकौंदेखि बस्दै आएको भाडाको घरबाट निकालिएको घटनापछि चर्किएको आवास संकट र जनआक्रोशले राजनीतिक रूप लिँदा प्रधानमन्त्री पेद्रो सांचेजले निर्धारित समयभन्दा करिब आठ महिनाअघि आमनिर्वाचन घोषणा गरेका छन् । स्पेनको निर्वाचन आयोगको कार्यतालिकाअनुसार नयाँ संसद् चयनका लागि २९ नोभेम्बर २०२६ मा मतदान हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विवादको केन्द्रमा मड्रिड निवासी ८७ वर्षीया मारिया डेल कार्मेन अबास्कल छिन् । उनी करिब ७० वर्षदेखि बस्दै आएको घरबाट २३ सेप्टेम्बरमा निकालिएकी थिइन् । अबास्कल परिवार दशकौंदेखि उक्त घरमा भाडामा बस्दै आएको थियो ।, सन् २०१८ मा घरधनीले पूरै भवन एक रियल इस्टेट कम्पनीलाई बिक्री गरेपछि भाडासम्बन्धी विवाद सुरु भएको थियो ।,

नयाँ कम्पनीले अबास्कलको मासिक भाडा ५०० युरोबाट बढाएर २,६५० युरो पु¥याएको थियो ।, तर उनको मासिक पेन्सन करिब १,३५० युरो मात्र थियो ।, आफ्नो कुल आम्दानीभन्दा निकै बढी भाडा तिर्न असमर्थ भएपछि उत्पन्न विवाद कानुनी प्रक्रियामा पुगेको र अन्ततः उनलाई बलपूर्वक घरबाट निकालिएको समाचारमा उल्लेख छ ।

बेदखलीका तस्वीर र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि मड्रिडसहित स्पेनका प्रमुख सहरमा महँगो घरभाडा र बेदखलीविरुद्ध हजारौं नागरिक प्रदर्शनमा उत्रिएका थिए । बढ्दो दबाबबीच सांचेज सरकारले २९ सेप्टेम्बरमा संसदमा दुई आपत्कालीन विधेयक प्रस्तुत गरेको थियो ।,

पहिलो विधेयकमा सन् २०३० सम्म कमजोर तथा विपन्न किराएदारलाई बेदखल गर्न रोक लगाउने, भाडा वृद्धिमा सीमा तोक्ने, ठूला लगानीकर्तालाई घर खरिदमा प्रतिबन्ध लगाउने तथा साना घरधनी र किराएदारलाई कर छुट दिने प्रस्ताव थियो ।, दोस्रो विधेयकले भाडा सम्झौता सकिएपछि पनि किराएदारलाई तत्काल घर खाली गर्न नपर्ने गरी थप समय दिने व्यवस्था प्रस्ताव गरेको थियो ।,

तर संसदमा स्पष्ट बहुमत नभएको सांचेज सरकारलाई अन्य दलको समर्थन आवश्यक थियो ।, विपक्षी दलबाट सहयोग पाउने सरकारी अपेक्षाविपरीत दुवै विधेयक २ अक्टोबरको मतदानमा अस्वीकृत भए । त्यसपछि गहिरिँदो आवास संकट, सडक प्रदर्शन र संसदीय असफलताबीच प्रधानमन्त्री सांचेज समयअगावै निर्वाचन घोषणाको निर्णयमा पुगेका हुन् ।

प्रतिक्रिया