शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु

शनिवार , माघ ५, २०८१

सिन्धुली – गत पुष २९ गते सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका राम बहादुर ठाडा मगरको मृत्यु भएको छ । जिल्लाको मरिण गाउँपालिका वडा नम्बर २ सखौरी स्थित मदनभण्डारी राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका मगरको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यू भएको हो । मरिण गाउँपालिका वडा नं. २ बस्ने ३७ बर्षिय राम बहादुर ठाडा मगरको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा शुक्रवार बेलुका ६ बजेर ४० मिनेटमा मृत्यू भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

हेटौँडा बाट सिन्धुली तर्फ आउदै गरेको प्र २–०२–००३ प ९०८३ नम्बरको २२० पल्सर मोटरसाइकल तिब्र गतीको कारण अनियन्त्रीत भई दुर्घटना हुँदा ३ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइते २ जनाको ट्रमा सेन्टर काठमाडाँमा उपचार भईरहेको प्रहरीको भनाई छ । दुर्घटना पश्चात घाइतेहरुलाई उपचारकालागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया