शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा दुर्घटना: एकजना गम्भिर घाईते, हेलिबाट काठमाडौँ लगियो

बिहिवार , मंसिर १३, २०८१

सिन्धुली– सिन्धुलीमा बिहिबार कारले पैदलयात्रीलाई ठक्क दिँदा एकजना गम्भिर घाईते भएका छन् । विपी राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ८ स्थित सिस्नेरीमा भारतीय नम्बर प्लेटको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर सडकबाट झण्डै १० मिटर तल झरेको थियो ।

सुनसरीबाट काठमाडौँ तर्फ आउँदै गरेको बीएसी ३१४९ नम्बरको भारतीय गाडीले कमलामाई नगरपालिका ९ भिमानका रमेश कार्कीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) अनिल खड्काले बताउनुभयो । पैदल यात्री कार्की गम्भिर घाईते भएकाले सिन्धुली अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारकोलागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको डिएसपि खड्काले जानकारी दिनुभयो । कारले पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई सडक तल झरेको डिएसपी खड्काले बताउनुभयो । कारको ठक्करबाट घाइते कार्कीको दायाँ हात, दायाँ खुट्टा र छातीमा चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ । त्यस्तै, कार चालक सुनसरीको दुहबी नगरपालिका –५ का ६१ वर्षीय ओमराज गिरी घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको डिएसपी खड्काले बताउनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया