शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा सवारी दुर्घटना हुदा एक जना गम्भिर घाइते

शुक्रवार , मंसिर ७, २०८१

सिन्धुली– सिन्धुलीमा सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् । जिल्लाको कमलामाई नगरपालिका ६ राममाडी स्थित बिपी राजमार्गमा ग्वाल्टारबाट सिन्धुलीतर्फ आउँदैगरेको चालक मरीण गाउँपालिका ७ बस्ने नबिन माझीले चलाएको प्र.२–०३–००१ क १३३९ नं. को जेसिवी र विपरीत दिशा सिन्धुली बजारबाट ढुंग्रेबासतर्ग जाँदै गरेको प्र.२–०२–००५ प ४८८९ नं. को १५० सिसिको पल्सर मोटरसाइकल बिहिवार साँझ ७ः३० बजे एकआपसमा ठक्कर खाई दुृर्घटना हुदाँ एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परि घाईते हुनेमा मोटरसाईकल चालक कमलामाई नगरपालिका २ निबुवाटार बस्ने वर्ष २२ को साजन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले बताउनुभयो ।

घाईते श्रेष्ठको अवस्था गम्भिर रहेकोले सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी धुलिखेल अस्पताल धुलीखेल रिफर गरिएको प्रनाउ खडकाले बताउनुभयो । जेसिवी चालक माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको खडकाको भनाई छ ।

प्रतिक्रिया