शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा आत्महत्या प्रकरण:  प्रहरीमा १० दिन अगाडि नै जाहेरी दर्ता

सोमवार , भाद्र २४, २०८१

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको भगवती अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रको मुत्यृ प्रकरणमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १० दिन अघिनै जाहेरि दर्त गरेको खुल्नमा आएको छ । कक्षा ८ मा अध्यनरत १३ वर्षिय रजनेश शाहले विद्यालयको होस्टेलमा झुन्डि आत्महत्याको प्रयास गरेको छ दिनपछि भदौ सात गते उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । अभिभावकले प्रहरीमा छानबिन गरिपाउँ भनि १० दिनअघिनै जाहेरी दिएको र उक्त जाहेरि दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृतक शाहका बुबा गणेश शाहले भदौ ७ गतेनै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिनुभएको प्रहरीको भनाई छ । ‘आत्महत्या गर्नुको कारण र शव बुझी पाउँ भन्दै उहाँले जाहेरी दिनुभएको हो । भदौै १२ गते मुचुल्का र पोष्टमार्टम रिपोर्टसहित प्रहरी कार्यालय धुलिखेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाएको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोबिन्दराज काफ्लेले बताउनुभयो । भदौ १२ गतेनै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको एसपी काफ्लेले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको एसपी काफ्ले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले निष्पक्ष रुपमा घटनाको अनुसन्धान गरिरहेका छौँ । मृतक विद्यार्थीको आफन्तले दिएको बयान अनुसार हामीले शंका लागेका व्यक्तिको बयान लिनुका साथै अनुसन्धानलाई अघि बढाएका छौँ ।’ अनुसन्धानमा कुनै कमजोरि नहुनेमा विश्वसत रहन एसपी काफ्लेले आग्रह गर्नुभयो । अनुसन्धान प्रक्रियामा सबैलाई सहयोग गरिदिन समेत उहाँले आग्रह गर्नुभयो । ‘घटनाको अनुसन्धान पक्रियामा सबैले सहयोग गरिदिन आग्रह गर्दछु । सत्यतथ्य र निष्पक्ष तरिकाले छानविन हुनेछ । साथै, हाम्रो अनुसन्धान कार्यमा कसैले बाधा गर्ने काम गरेमा कानुन अनुसार कारबाहि समेत हुनेछ,” उहाँले भन्नुभयो ।

अराजकता प्रदर्शन नगर्न चेतावनि: यसैबिच, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सिन्धुलीले शान्ति क्षेत्रमा प्रदर्शन गरेको भन्दै भत्र्सना गरेको छ । सोमबार एनप्याब्सनले एक विज्ञप्ति सार्वजनि गर्दै स्थानिय केहि अराजक समूहहरुको योजना तथा उक्साहटमा मृतक बालकका अभिभावकहरु, त्यहाँका केहि बासिन्दा र सिन्धुलीमा रहि घटनालाई अतिरञ्जित गर्ने मनसायमा रहेका केहि व्यक्तिहरुको समेत संलग्नतामा आइतबार दिउँसो सिन्धुली बजार तथा उक्त विद्यालयको गेटमा नारा जुलुस गर्दै अशान्तिको वातावरण सृजना गरेकोप्रति ध्यानाकर्षण गराएको छ । बालबालिकाहरु अध्ययन गर्ने विद्यालय शान्ति क्षेत्र भएकाले सो आसपासका क्षेत्रमा यस्ता गतिविधि नगर्न एनप्याब्सनले अनुरोध गरेको छ । साथै, अराजक समूहहरुको योजना तथा उस्काहटमा यस्ता गतिविधिहरु गरिएमा निजी लगानीमा संचालित सम्पूर्ण विद्यालयहरु बन्द गरि आन्दोलन गर्न बाध्य नबनाउन समेत संगठनले चेतावनी दिएको छ ।

धनुषामा चक्काजाम: विद्यालयमै योजनाबद्ध तरिकाले हत्या गरेको भन्दै शाहका आफन्त र गाउँले आन्दोलित बनेका छन् । उनीहरूले लक्ष्मी नियाँ ४ मै पर्ने सपहीस्थित जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् ।

सडकमा सयौं महिला र पुरुष धर्ना बसेका छन् । उनीहरू रजनिशलाई न्याय देऊ, हत्यारालाई कारबाही गर, प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाइरहेका छन् । सडक अवरुद्ध पारेपछि अहिले त्यहाँ ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी पुगेको छ । मृतक विद्यार्थी रजनिशका परिवारले विद्यालयकै संस्थापक, होस्टेल इन्चार्ज, प्रधानाध्यापकसहितले हत्या गरेको आरोप लगाएका छन् ।

घटनाको छानबिन र दोषीमाथि कारबाहीका लागि उजुरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुली पुग्दा वास्ता नगरेको मृतक रजनिशका बुवा गणेश साहले गुनासो गर्नुभएको छ । सडकमा आन्दोलित उहाँले भन्नुभयो, ‘हिजो बिहान १० बजे सिन्धुली पुगेका थियौँ । त्यहाँ डिएसपी साहेबसँग पोष्टमार्टम रिपोर्ट माग्यौँ । उहाँले दिन नमिल्ने भन्नुभयो । त्यसपछि उहाँले नै उजुरी दिन भन्नुभयो । उजुरी लिएर जाँदा एसपी सरलाई आउन दिनुस् भन्दै एक छिन एक छिन गर्दागर्दै साँझ ७ बज्यो । तर उजुरी दर्ता गरेनन् ।’ उजुरी दर्ता गर्न नमानेपछि आफूहरू विरोध गर्दा प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाध्य भएर आज यहाँ सडक जाम गर्नुपरेको छ । हामीलाई न्याय चाहियो ।’ यता, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने भदौ १२ गतेनै जाहेरि दर्ता भएको जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया