सिन्धुली – नेकपा एमाले सिन्धुलीले पार्टीले ईन्चार्जको जिम्मेवारी तोकी पठाएका नेताहरुलाई स्वागत तथा निवर्तमान इन्चार्जलाई विदाई गरेको छ । सिन्धुली जिल्ला भूगोलमा जिम्मेवारी प्राप्त नेतालाई बधाई एबं कार्य सफलताको शुभकामना र निवर्तमान ईन्चार्जहरुलाई विदाई गरिएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेशकमिटिका सदस्यहरु, जिल्लाकमिटिका सदस्यहरु लगायत विभिन्न जनबर्गिय संगठनका नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पार्टीले जिल्ला ईन्चार्जको जिम्मेवारी तोकि पठाएका ईन्चार्ज मनोजजंग थापालाई सिन्धुली एमालेका पुर्ब जिल्ला इन्चार्ज लगायत नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । सबैले थापाकै नेतृत्वको संयन्त्रमा बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमले निवर्तमान जिल्ला ईन्चार्जा खेम प्रसाद लोहनीको विदाई गरेको छ भने भरखरै जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका मनोजजंग थापा,गणेश पहाडी क्षेत्र न, १ इन्चार्ज,विषमलाल दनुवार अधिकारी क्षेत्र न,२ इन्चार्ज, कमलजंग राई क्षेत्र न,२ प्रदेश ख, निरु दर्लामी क्षेत्र नम्वर २ क, उमादेबी कोइराला क्षेत्र न १ क, सुवास देबकोटा क्षेत्र नम्बर १ख को इनचार्जको जिम्मेवारी पाउनु भएको छ । नयाँ जिम्मेवारी पाउने सवैलाई पार्टी कार्यालयमा स्वागत गर्दै कार्यकाल सफल्ताको शुभकामना व्यक्त गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।