बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एमाले सिन्धुली जिल्ला इन्चार्जमा थापा

शुक्रवार , श्रावण १८, २०८१

सिन्धुली – नेकपा एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य मनोज जंग थापालाई दिएको छ । नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले थापालाई सिन्धुली जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको हो ।

त्यस्तै यस अघि रामेछाप जिल्ला इन्चार्ज रहनु भएका केन्द्रीय सदस्य गणेश कुमार पहाडीलाई सिन्धुली प्रतिनिधीसभा क्षेत्र नं.१ र विश्वमलाल अधिकारी दनुवारलाई क्षेत्र नं.२ को इन्चार्जको जिम्मेवारी तोकेको छ ।

अन्य केन्द्रीय सदस्यहरू निर कुमारी दर्लामी प्रदेशसभा २ (१) , कमल जंग राई प्रदेशसभा २(२) , सुवास देवकोटा प्रदेशसभा १(१) र उमादेवी कोइराला प्रदेश सभा १ (२) को इन्चार्ज तोकिएको छ।

प्रतिक्रिया