बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीकी तामाङ मन्त्रीमा नियुक्त

मंगलवार , श्रावण ८, २०८१

सिन्धुली– नेकपा एमालेले बागमती प्रदेशमा मन्त्रालयको टुंगो लगाएको छ । एमाले बागमती प्रदेश संसदीय दलले मंगलबार मन्त्रालयको टुंगो लगाएको हो ।

एमालेबाट सिन्धुलीकि सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारि पाउनुभएको छ । तामाङ आदिवासी जनजाति महिलातर्फको कोटामा समानुपातिकतर्फबाट प्रदेश सांसदमा छानिनुभएको हो । त्यस्तै, प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय सत्ता समीकरण अनुसार बागमती प्रदेशमा पनि नेपाली कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने भएका छन् । बागमतीमा कांग्रेसबाट ७ र एमालेबाट ६ जना मन्त्री बन्दैछन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस गरिसकेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया