शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका सांसदलाई जथाभावि नबोल्न प्रधानमन्त्रीको सुझाव

सोमवार , श्रावण ७, २०८१

सिन्धुली– प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुलीबाट निर्वाचित सांसद नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका नेता लेखनाथ दाहाल(राजन) लाई जथाभावि नबोल्न आग्रह गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमाा सांसद दाहालले विद्युत् महसुलबारे प्रधानमन्त्रीले सफेद झुट बोलेको आरोप लगाएपछि ओलीले जथाभावि नबोलि तथ्ययुक्त कुरा गर्न आग्रह गर्नुभएको छ । जनताले छानेका प्रतिनिधिले सोही अनुसार व्यवहार गर्न प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले सांसद दाहालको नाम नलिई कहिले सुन र पित्तलको कुरा गरेर त कहिले झुटा लाञ्छना लगाएर माननियको हैसियतमा असोभनिय वक्तव्य दिइरहेको आरोप लगाउनुभयो । उहाँले सांसद दाहाललाई जबाफदेही बन्न सुझाव दिनुभयो । उहाँले सदनको गरिमा र मर्यादाविपरीत सुनलाई पित्तल बनायो भनेर बोल्न नहुने पनि बताउनुभयो ।

सांसद दाहालले उठाएको प्रश्नमा जवाफ दिदैँ प्रधानमन्त्री ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपरेको बताउनुभयो । पार्टी फरक भएपनि जथाभावि असभ्य तरिका ननिकाल्न उहाँले सांसद दाहाललाई सुझाव दिनुभयो । उहाँले भन्नुयभे, ‘झुटको साहारा नलिऔँ । ट्रंकलाईन र डेडिकेटट लाईन सम्बन्धि विद्युत महशुल तिर्ने भनिएका र तिर्न नपर्ने भन्ने तर्क गरिरहेका उद्यमी व्यवसायी र विद्युत प्राधिकरणबिचको विवाद संवादबाट टुंग्याउनुपर्छ । सरकारले पाउनुपर्ने महशुल लिनैपर्छ ।’ प्रधानमन्त्री ओलीले हिजोनै आफूले अध्ययन गरेर विवाद टुंग्याउने बताएको र उक्त कुरा संसदको रेकर्डमा भएकाले रेकर्ड सुनेरमात्र कुरा गर्नुपर्ने बताउनुभयो । उहाँले हावादारि कुरा नबोल्न समेत आग्रह गर्नुभयो ।

“प्रयोग गरेको विद्युत् महसुल तिर्नुपर्छ तर आजको विषय होइन, नौ दश वर्षदेखि यो विषय चलिरहेको छ । लाइन काटिन्छ’” उहाँले प्रश्न गर्दै भन्नुभयो किन यस्तो भइरहेको छ । उहाँले आफूलाई कुनै लपनछपन गर्नु नरहेको पनि बताउनुभयो । “मलाई कुनै लप्पनछप्पन गर्नु छैन । कुनै बैठक र कुनै तन्त्रपछि कुद्नुछैन”, प्रधानमन्त्रीले भन्नुभयो, “६० वर्ष राजनीतिक जीवन पुरा गरेको भन्दै बाँकी जीवन पनि स्वच्छताका साथ बेतित गर्छु ।”

पशुपतिको जलहरि प्रकरणमा सांसद दाहालले प्रश्न उठाएपछि उक्त समयमा नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले सांसद दाहाललाई स्क्रियु ढिला भएको संज्ञा दिनुभएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदलाई जवाफदेहि बनाउँदा हतोत्साहित हुने भन्दै माफि मागेको एक कार्यक्रममा ओलीले बताउनुभएको थियो । सोहि कार्यक्रममा उहाँले राजनको पृष्ठभुमि, इतिहास, क्रियाकलाप र ती कसरी कलकत्ता पुगे, कसरी सम्पर्कमा आए, यसभन्दा अघिका मुद्धामामला कस्ता थिए भन्नेतर्फ आफू नजाने बताउनुभयो । जे पाए त्यहि बोल्ने कुरा भ्रष्टाचार विरुद्ध अभियान नहुने समेत ओलीले बताउनुभएको थियो ।

प्रतिक्रिया