शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा सापटी पैसा फिर्ता माग्दा एकजनाको हत्या

सोमवार , आषाढ ३२, २०८१

सिन्धुली – चिर्पटले हानेर एक व्यक्तिको हत्या गरेको आरोपमा सिन्धुलीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. २ चालिसेबगरका ३० वर्षिय आशमान वाईवा र ३८ वर्षिय भुन्टे भन्ने ज्ञानबहादुर वाईवा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार वाइवाद्वयले चालिसेबगरकै ३० वर्षिय टिकाबहादुर बुढाथोकीसँग सापटी पैसा फिर्ता माग्ने क्रममा बिवाद हुँदा हायुटारबाट रामपुर जाने सडक खण्डको मिलनचोकमा दाउराको चिर्पटले प्रहार गरि घाईते बनाएका थिए । बुढाथोकीलाई आइतवार राती ११ बजेर ५० मिनेटको समयामा चिर्पटले प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताउनुभयो । घाईते बुढाथोकीको सिन्धुली अस्पतालमा उपचारको क्रममा सोमवार बिहिान १२ः ४५ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी खड्काले जानकारी दिनुभयो ।

घटनामा संलग्न आशमालाई चिर्पट प्रहार गरी भाग्ने क्रममा तत्काल खोज तलासगरी प्रहरीले नियन्त्रणमा लिएको र फरार भुन्टे भन्ने ज्ञान बहादुरलाई सोमवार बिहान घ्याङलेख गाउँपालिका वडा नं. २ पञ्चराम वाइवाको घरमा लुकीछिपि बसी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया