सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाको उपाध्यक्ष चढेको गाडी दुर्घट्ना भएको छ । शुक्रबार जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आयोजित एक कार्यक्रममा उपस्थित भई घर फर्कर्न क्रममा गाउँपालिका उपाध्यक्ष शंकरमान घलान चढेको बुलेरो घ्याङ्लेख गाउँपालिका ४ शिखरभञ्ज्याङमा दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । बा २ झ ४३९७ नम्बरको गाडी सडकबाट अन्दाजि १५ मिटर झरेको थियो । गाडी रुखमै अड्कीएको डिएसपि खड्काले बताउनुभयो । गाडीमा उपाध्यक्ष घलानको श्रीमतिपनि सवार हुनुहुन्थ्यो । गाडीमा सवार उपाध्यक्ष, उपाध्यक्षकि पत्नी ३९ वर्षिय नानीमाया घलान र सवारी चालक राजकुमार वाईबा सामान्य घाईते भएका छन् । उपाध्यक्ष घलानको दुवै हातमा, नानीमायाको ढाँडमा र चालक वाईबाको खुट्टामा चोट लागेको डिएसपि खड्काले बताउनुभयो ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री, २०७९ को चुनावमा सिन्धुलीको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित, गंगानारायण श्रेष्ठ, प्र्रदेश निति आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापा, प्रदेश सचिव ज्ञानप्रसाद ढकाल उपस्थित प्रदेश नीति तथा योजना विषयक अन्तरक्रियामा सहभागि भएर उपाध्यक्ष घलान घर फर्कनेक्रममा दुर्घटना भएको हो । घाईतेलाई उपचारकालागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।
