बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

तिमलसिनाले पाईन् सर्वाधिक मत, घिमिरे बने कान्छा सदस्य (मत र नामावली सहित)

सोमवार , बैशाख ३, २०८१

सिन्धुली– नेकपा एमाले सिन्धुलीको आठौँ अधिवेशनबाट जिल्ला कमिटिका पाँच पदाधिकारीसहित १०५ सदस्य निर्वाचित भएका छन् । जिल्ला कमिटिको अध्यक्षमा महेन्द्र देव श्रेष्ठले कुमार बहादुर कार्की (रामकुमार)लाई १३७ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । उपाध्यक्षमा कर्णबहादुर घिसिङ पुनः दोहोरिनुभएको छ । ५३ मतान्तरसहित घिसिङ विजयी हुनु भएको छ । सचिवमा नवराज थिङले ४०१ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नारायण बरालले ३२८ मत प्राप्त गरेर पराजित हुनुभयो । उपसचिव (खुलातर्फ) कुमार प्यानलका दिपेश बरालले २३५ मत प्राप्त गर्नै विजयी हुनुभएको छ । उपसचिव (महिला) मा पार्वती भट्टराईले ४८४ मत पाएर विजयी हुनु भएको छ ।

आठौँ अधिवेशनले पाँच पदाधिकारीसहित एक सय जना सदस्य निर्वाचित गरेको छ । निर्वाचितमध्य जिल्ला खुल्ला क्षेत्र अन्तर्गत महिला सदस्यका उम्मेद्वार मेनुका कुमारी तिमलसिनाले सर्वाधिक मत प्राप्त गनुृभएको छ । उहाँले पाँच सय मत प्राप्त गर्दै सर्वाधिक मत प्राप्त गर्ने सदस्य हुनुभएको हो । त्यस्तै, २४ वर्षिय बरुण घिमिरे जिल्ला कमिटिको कान्छा सदस्य भएका छन् । तीनपाटन गाउँपालिकाको भुगोल अन्तर्गत युवा सदस्यका उम्मेद्वार घिमिरेले २३३ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरि, कमलामाई नगरपालिकाको भुगोल अन्तर्गत १० जना सदस्य निर्वाचित भएका छन् । केदार प्रसाद देवकोटा (३६१ मत), घनश्याम देवकोटा (३५२), खड्ग प्रसाद चौलागाई (३३१), दिपेन्द्र फुयाल (३३६), कुमारी बुद्धिमाया स्याङतान (३२४), विनोद कुमार श्रेष्ठ (२८७), यमबहादुर दर्लामी मिलन (२६७), देवराज पौडेल (२५८), सोम बहादुर बल (सम्भु) (२४४), दशरथ कुमार थपा (२२०) र सुमना थपा (गुड्डु)(२१२) निवाचित भएका छन् । त्यस्तै, कमलामाई नगरपालिकाको भूगोल अन्तर्गत महिला सदस्यमा सात जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा मञ्जु देवकोटा (४४६), सिता देवि सत्याल (४०४), पुजा पथापा मगर (३९७), मुना धमला (रमा)(३८२), सन्जु बस्नेत (३७८), जानुका खड्का (३६१) र भवानी देवकोटा (३५३) छन् । त्यस्तै, कमलामाई नगरपालिकाको भुगोल अन्र्तगत युवा खुल्लामा सागर कार्की (३७८) र संतोष घिमिरे (३६८) निर्वाचित भएका छन् । युवा महिलातर्फ रमा बुढाथोकी बस्नेतले (२८०) प्रतिद्वन्दि भन्दा छ मत बढि प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

दुधौली नगरपालिकाको भुगोल अन्तर्गत खुल्ला सदस्यका सातजना उम्मेद्वार विजयी भएका छन् । निर्वाचित हुनेमा रितेश राउत (४५८), हरिहर थापा मगर (३८३), दुर्गाराज पौडेल (३४२), शान्ति प्रसाद दाहाल (३४२), पेम्वा तामाङ (३३१), दिलवहादुर पुवार मगर (३१६) र सिताराम भट्टराई(२९२) छन् । त्यस्तै, महिला सदस्यतर्फ अरुल कुमारी थारु (४३८), खेम कुमारी ढुंगाना (३४०), तिलमाया कार्की राउत (४११), राधा कार्की (३९१) र लिलाकुमारी भुजेल (४४२) निर्वाचित भएका छन् ।

त्यसैगरि, तिनपाटन गाउँपालिकाको भुगोल अन्तर्गत खुल्ला सदस्यतर्फ पाँच जना निर्वाचित भएका छन् । इन्द्र बहाुदर थापा (३२९), कोमलबहादुर खपांगी (३३६), चुक्तबहादुर थापा (३१७), छत्र बहादुर दाहाल (४५९), दिपेन्द्र कार्की (३४९) र हेम बहादुर श्रेष्ठ (३६३) विजयी भएका हुन् । त्यस्तै, गोलन्जोरको भुगोल अन्तर्गत सदस्यमा रेगनराज थापा (३२०), ओमप्रकाश बराल (२८१) र लाल बहादुर श्रेष्ठ (२२०) निर्वाचित भएका छन् ।

सुनकोशीको भुगोल अन्तर्गत सदस्यमा शंकर सौगात (२७५) र हरिकृष्ण श्रेष्ठ (२५०) विजयी हुनुभएको छ । त्यसैगरि, आदिवासि जनजाती अन्तर्गत छत्रकुमारी आले (सुमित्रा)(२०९), आदिवासि महिलातर्फ निर्मला रम्तेल (३६८), दलित अन्तर्गत युवा सदस्यमा अमृत बहादुर श्रेष्ठ (३५०) निर्वांचित हुनुभएको हो ।

जिल्ला खुल्ला क्षेत्र अन्तर्गत सदस्यमा गोकर्ण भुजेल (४०५), कृष्णहरि घिमिरे (३८५), लोकहरि आचार्य (३४९), बुद्ध कुमार अछामी (३४४), फडिन्द्र पहाडी (३३९), निरु श्रेष्ठ (३४१) र धनबहादुर माझी (३६१) निर्वाचित हुनुभएको छ । त्यस्तै, जिल्ला खुल्ला क्षेत्र महिलातर्फ मेनुकाकुमारी तिमलसिना (५००), रमा कार्की (४७१) र गंगाकुमारी कार्की (४०६), खुल्ला क्षेत्र अन्तर्गत युवा सदस्यमा अरुण कुमार पाख्रिन (३९०), लेखा समितिको उपाध्यक्षमा श्रवण कुमार नेवा खड्गी (३७), सचिवमा संतोष पहाडी र महिला सदस्यमा अप्सरा खड्का (४७४) निर्वाचित हुनुभएको छ ।

लेखा समितिको संयोजकमा संजयकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् । उनीसँगै ३६ जना सदस्यहरु निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शुक्रबार मतदान भएको थियो । कुल सात सय ८३ मतदाता रहेकोमा ७५४ जनाले मतदान गरेका थिए ।

 

प्रतिक्रिया