सिन्धुली – नेकपा ‘एमाले’ को आठौँ जिल्ला अधिवेशन चैत २८ मा तय भएपछि सिन्धुलीमा चुनावको सरगर्मी बढेको छ । नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । अधिवेशनको मिति नजिकिए सँगै नेतृत्व (अध्यक्ष)का लागि पाँच नेता आकांक्षी देखिएका छन । हालः जिल्ला अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार) सहित अन्य नेताहरु नेतृत्वका लागि दौडधुपमा लागेका छन् । सिन्धुली अध्यक्षको लागि बर्तमान सचिव नारायण बराल, नेता खड्ग खत्री,महेन्द्रदेव श्रेष्ठ र डम्बर कार्की दौडमारहनु का छन् ।
जिल्लाको कमलामाई नगरपालिकाका अध्यक्षसमेत रहनु भएका महेन्द्रदेव श्रेष्ठ र पुर्व प्रदेश कमिटी सदस्य डम्बर कार्की अध्यक्षको लागि मत माग्न थालिसक्नु भएको छ । श्रेष्ठले पार्टीमा पुस्तान्तरण र युवा नेतृत्व अपरिहार्य रहेको मुद्धा सहित मत मागि रहनु भएको छ । भने पूर्व बाग्मती प्रदेश कमिटी सदस्य डम्बर कार्की पार्टीलाई विधि पद्धति र लेनिवादी संगठनात्मक पद्धति अनुसार दण्ड र पुरस्कारलाई संस्थागत गरेर अगाडि बड्नु पर्ने भन्दै नेतृत्वको लागि नेता कार्यकर्ता बीच छलफल चलाइरहनु भएको छ ।
यसैगरी अनेरास्वियुको विद्यार्थी राजनितिबाट आउनु भएका वर्तमान पार्टी सचिव नारायण बराल अघिल्लो कार्यकालका सर्बसम्मत सचिव भएकाले पनि अहिले अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताउनु भएको छ । सकेसम्म अध्यक्ष बन्नको लागि प्रयत्न गर्ने र नभए सचिवमा नै दोहोरिने उहाँ निकटहरु बताउँछन् ।
पार्टीको सर्वसम्मत नेतृत्व चयनमा जोड दिनुपर्ने भन्दै केही नेताहरु आफ्नो पक्षमा सर्वसहमति कायम हुने कुरा आफ्ना निटकवर्तीहरु मार्फत बाहिर ल्याइरहेका छन् । यसरी सर्वसहमतिको खिचडी पकाएर आफ्नो पोल्टामा अध्यक्ष पार्नका लागि कमलामाई नगरपालिकाका निवर्तमान मेयर खड्गबहादुर खत्री सक्रिय देखिनु भएको छ । त्यसैगरी बर्तमान अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार)ले पछिल्लो कार्यकाल पुरा नभएकाले पनि पुनः अध्यक्षमा दावी रहेको जिकिर गर्नु हुन्छ । “ म युवा, बुढापाका सबै नेता कमरेडहरूसँग काम गरेको छु । सबैलाई मिलाएर जाने, पार्टी संगठनलाई मजबुत बनाउनका लागि म सक्षम छु” उहाँले बताउनुभयो । कार्की गएको सातौँ अधिवेशनमा आफ्नै सहर ज्वाईँ प्रदीप कटुवाललाई चुनावी प्रतिस्पर्धामा पराजित गरेर अध्यक्षमा निर्वाचित हुनु भएको थियो । कार्कीलाई यसपटकभने, ज्वाईं कटुवालको साथ रहेने आम कार्यकताको बताउँछन् ।
सिन्धुली एमालेमा यो वा त्यो अध्यक्ष बन्छन् भन्ने अड्कलबाजी अहिलेनैं गर्न सकिन्न तर लोकतान्त्रिक बिधी अबलम्मन गर्ने अबस्था आएमा कुमार बहादुर कार्की (रामकुमार) र महेन्द्रदेव श्रेष्ठ चुनावी प्रतिशपर्धा हुने निश्चित जस्तै देखिन्छ ।
उमा ज्वाई प्रदीप जेठान तिरः महेन्द्रलाई पिर
एमाले जिल्ला अधिवेशन नजिकिए सँगै हिजो महेन्द्रदेव श्रेष्ठले साथ दिनु भएका नेताहरु केन्द्रीय सदस्य उमा कोइराल ज्वाई र बागमती प्रदेश कमिटी प्रदीप कटुवाल जेठान लाई अध्यक्ष बनाउन लागि पर्नु भएको छ । कोइराला ज्वाई वर्तमान सचिव नारायण बराललाई अध्यक्ष बनाउन लाग्नु भएको छ भने कटुवाल जेठान बर्तमान अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार) लाई नै अध्यक्षमा दोहो¥याउन चाहानु हुन्छ । महेन्द्रदेव श्रेष्ठ एक्लै मैदानमा होमिनु भएको छ ।
अहिलेसम्म उपाध्यक्षमा कर्ण घिसिङ बाहेक कसैले सार्वजनिक रुपमा आकांक्षा राखेका छैनन् । बर्तमान उपाध्यक्ष घिसिङ जनप्रतिनिधी भएका कारण पार्टीको निर्णय अनुसार कार्यकारी पदमा बस्न नमिल्ने भएपछि उहाँ उपाध्यक्ष नै दोहोरिने बताउनु भएको छ । सचिवमा भने, अनेमसंघ सिन्धुलीकी अध्यक्ष पार्वती भट्टराई,कार्यालय सचिव नवराज थिङ,दीपेश बराल ,बेदराज दाहाल र तारानिधि पोखरेल लगायत आकांक्षी देखिनु भएको छ । उपसचिवमा दर्जन बढी आकांक्षी रहेका छन् ।
चैत्र २८ र २९ गते हुने जिल्ला अधिवेशनमा आयोजक १२७ सहित करिब ७ सय ४० प्रतिनिधी सहभागी हुने प्रचार उपसमिती संयोजक संजयकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ४७७ भूगोल,९९ सल्लाहकार परिषद तथा जनवर्गीय संगठनबाट प्रतिनिधी छनोट भइसकेका छन् भने पाँच प्रतिशत प्रतिनिधि मनोनित गरिने छ ।