शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा हत्कडीसहित फरार भएका एकजना फक्राउ

मंगलवार , फाल्गुण २९, २०८०

सिन्धुली– गत फाल्गुन १२ गते हत्कडीसहित फरार भएका एकजनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । १६ दिनपछि पक्राउ परेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ का ४० वर्षिय कृष्ण बहादुर योन्जनलाई सर्लाही प्रहरीको समन्वयमा सिन्धुली प्रहरीले सोमबार पक्राउ गरेको छ ।

गत फाल्गुन २ गते बिहान ४ बजे जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ७ क्यामचुलीमा सिन्धुली प्रहरीले सुराकिको आधारमा योन्जनलाई चेकजाँच गरेको थियो । ना ४४ प ६०२९ नम्बरको पल्सर मोटरसाइकलाइ रोकि चेकजाँच गर्दा चामलको सेतो बोरामा २० केजी लागुऔषध गाँजा फेला परेको थियो । प्रहरीले हतकडी लगाएर नियन्त्रणमा लिने क्रममा योञ्जन भिरबाट हाम फालेर प्रहरीको फन्दाबाट फुत्किएका थिए ।सर्लाहीको साबिक सासापुर ६ घर भएका योञ्जन पछिल्लो समय हरिहरपुरगढी गाउँपालिका ७ मा बस्दै आएका थिए । उनलाई बिशेष सुचनाको आधारमा हरिवन बजारबाट पक्राउ गरि मंगलबार जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया