शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मन्दिर जाँदै गरेको बोलेरो दुर्घटना, दुईजनाको अवस्था गम्भिर

शुक्रवार , फाल्गुण २५, २०८०

सिन्धुली– सिन्धुलीमा शुक्रबार योद्धा बोलेरो दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । जिल्लाको दुधौली नगरपालिका १ हत्पते डाडा स्थीत गागनबाट लंगुरखोला जाने भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा दुईजना गम्भिर घाइते, तीनजना मध्यम र सातजना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

महोत्तरीबााट सिन्धुलीको लंगुरखोला महादेव मन्दिर दर्शन गर्न जादै गरको प्र २–०४–००१ च ००५६ नम्बरको योद्दा बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजि १५÷२० फिट तल झरि दुर्घटना भएको इन्स्पेक्टर कटुवालले बताउनुभयो । महोत्तरीको गौशला नगरपालिका ११ का ४२ वर्षिय विनोद कुमार यादवले चलाएको गाडीमा चालकसहित १३ जना सवार रहेको कटुवालले जानकारी दिनुभयो । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका ०६ का २० वर्षिय धिरज सिँह र सोहि ठाउँकि ३० वर्षिय सोभा सिँह गम्भिर घाईते भएका छन् । त्यस्तै, मध्यम घाईते हुनेहरुमा ५० वर्षिय विवा कुमारी सिंहको टाउको र कानमा, २४ वर्षिय मञ्जु सिंहको नाकमा र ५० वर्षिय राम अबतार महत्तोको ढाडमा चोट लागेको छ । त्यस्तै, महोत्तरीको गौशला नगरपालिका ११ का ४२ वर्षिय पवन यादव, ४० वर्षिय ललिता देवी यादव, ४० वर्षिय राम कुमारी महतो, ७५ वर्षिय रामएकचाल सिंह, ४० वर्षिय चन्द्र कुमारी सिंह, ३५ वर्षिय निलम यादव र २१ वर्षिय अन्जु सिंह सामान्य घाईते भएका छन् । घाईतेको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आर एन के पोलिक्लिनिकमा उपचार भइरहेको इन्स्पेक्टर कटुवालले बताउनुभयो ।

चालक यादवलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । गाडि घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको इन्स्पेक्टर बटुवालले जानकारी दिनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया