सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ । एमालेकोआइतवार बसेको १२ औं पूर्ण बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको हो । यो निणर्यसँगै जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा परिणत भएको छ ।
जिल्ला अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)को अध्यक्षतामा बसेको पूर्ण बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि चैत्र १८ गते सबै वडाहरुमा, १९ गते समाबेशी क्लस्टरको पालिकामा र २० गते जन बर्गिय संगठनहरुको प्रतिनिधि चयन गर्ने निणर्य गरेको हो । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि बिबिध सांगठनिक एबं राजनीतिक निणर्यहरु गरेको एमाले उपाध्यक्ष कर्ण घिसिङले जानकारी दिनुभयो ।
बैठकमा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु मनोजजंग थापा, विषमालाल अधिकारी दनुवार, , कमलजंग राई, निरु दर्लामी, उमा कोइराला, सुवास देवकोटा लगायतका नेताहरुको उपस्थिति थियो ।
बैठकमा सिन्धुलीमा ९ वटै पालिका कमिटीका अध्यक्षहरुले सांगठनिक अबस्थाको वारेमा रिपोर्ट पेश गरेका थिए ।