सिन्धुली– सिन्धुलीमा बस आगलागी भएको छ । बुधबार अन्दाजी ११ बजे कमलामाई नगरपालिका ६ राममाडीको शिद्धबाबा इन्टरप्राईजेज ग्यारेजमा पार्किङमा राखेको बसमा आगलागी भएको हो । सोहि ग्यारेज साहुको ना ५ ख २८७७ नम्बरको बस तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । आगलागी हुदाँ बस पुर्ण रुपमा जली नष्ट भएको छ । प्रहरी, स्थानिय र दमकलको सहायताले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक चिरजिवि दाहालले बताउनुभयो । उहाँका अनुसार ग्यारेजको तार र जस्तामा क्षेति भएको छ । आगलागी हुदाँ ३५ लाख बराबरको क्षति भएको प्रनाउ दाहालले जानकारी दिनुभयो । ग्यारेजका संचालक कमलामाई नगरपालिका ४ साङवालेका ३५ वर्षिय युवराज श्रेष्ठ हुन् ।