सिन्धुली – काँग्रेस महामन्त्री विश्वप्रकास शर्माले अवको १५ वर्ष भित्र नेपाल कस्तो बन्ने भन्ने खाका लिएर पार्टी अघि बढेको बताएका छन् । सिन्धुली काँग्रेस प्रशिक्षण शाखाले आयोजना गरेको बीपीको प्रजातन्त्रिक समाजवाद अभ्यास, चुनौती र संभावना विषयक अभिमुखीकरण कार्यक्रमा महामन्त्री शर्माले अवको डेढ दशकमा मानविय भावना सहितको समाज निर्माण गर्ने अठोट व्यक्त गर्नुभयो । “अर्को जुनी खै कुन्नी, यहि जुनीमा गरौं उपकार” भन्दै महामन्त्री शर्माले मृत्यु पछि मानवको शरिर काम नलाग्ने भएकाले काँग्रेसलाइ दोस्रो प्राथमिकतामा राखी पहिला इमान्दार नेपाली वन्न सुझाउनुभयो । जिउदो हुदा नै सेवा गर्नुपर्ने भन्दै महामन्त्री शर्माले मरेपछि पशुको जत्तिको प्रयोगमा समेत नआउने बताउनुभयो ।
सोमबार निधन हुनु भएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाइ सम्झदै भावुक हुनु भएका महामन्त्री शर्माले अर्को जुनीको ग्यारेण्टी नभएकाले यहि जुनीमा गर्व गर्न लायक बन्नु पर्नेमा जोड दिनु भयो । नेम्वाङबाट सिक्न धेरै बा“की रहदै निधन भएकोमा महामन्त्री शर्माले गहिरो दुःख व्यक्त गर्नुभयो । वर्तमान राजनीतिक प्रसंग जोड्दै महामन्त्री शर्माले मिसन ०८४ भन्दै केही नया दल लागेकोमा व्यंग्य समेत गर्नुभयो । के का लागि ०८४ महामन्त्री शर्माले भन्नुभयो, “संविधान बनेकै छ, समृद्धितिर मुलुक गएको छ, हामीलाइ ८४ को चिन्ता छैन्, ०९५ सम्ममा आत्मसम्मान बढाएर विभेद अन्त्य गर्ने काग्रेसको मिसन छ ।” शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्ध मुलुक भएपछि सबै त्यसबाट परिपुर्ती हुने उहाँको भनाइ थियो ।
बुधबारै प्रेस यूनियन सिन्धुलीले आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले आलोपालोमा प्रधानमन्त्री संसदीयदलका नेता शेरवहादुर देउवा नै बन्नुहुन्छ भन्ने नरहेको जिकिर गर्नुभयो । काँग्रेसले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुइपटक, मन्त्री तीनपटक, संसद ४ पटक भन्दा बढि हुन नपाउने नीति अधिवेशनबाट पास गर्ने भएकाले को प्रधानमन्त्री हुन्छ भन्ने अहिले नै भन्न सकिने स्थिती नरहेको उहाँले जनाउनु भयो । काँग्रेसको अनुसासनको प्रसंग उल्लेख गर्दै महामन्त्री शर्माले पञ्चेबाजाको तालमा नाच्दै विहेमा जन्ती हिंडिरहेको काँग्रेसले कसैले व्याण्ड बाजा बजायो भनेर नाच्नेसम्म छुट हुने तर दुलहा दुलही बन्ने अधिकार नरहेको भन्दै सचेत गराउनुभयो । उहाँको आशय तनहुमा रास्वपाको उम्मेदवार भइ विजयी हुनु भएका स्वर्णिम वाग्ले प्रति लक्षित थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद श्याम घिमिरे, सुशीला थिङ, केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सुरेश आचार्य, जिल्ला सभापति उपेन्द्र पोखरेल, पूर्वसभापतिहरु उज्ज्वल बराल, मोहन बराल, प्रशिक्षण शाखाका सभापति दीपक घिमिरे लगाएतले वीपीको समाजवादलाइ समय सापेक्ष परिमार्जन गर्दै स्पष्ट खाका तयार गरेर देसलाइ समृद्धिको दीशामा लैजानुपर्नेमा जोड दिनु भयो ।