सिन्धुली– नेकपा(एमाले) निकट युवा संघ नेपाल सिन्धुलीको ९ औं जिल्ला अधिवेशन सर्वसम्बत रुपमा नेतृत्व चयन गर्न नसक्दा स्थागित भएको छ ।
आईतबार नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले उदघाटन गर्नुभएको अधिवेशनको सोमबार नेकपा(एमाले) पार्टी कार्यालयमा बन्द शत्र सुरु भएको थियो । उक्त बन्दशत्र मार्फत नयाँ नेतृत्व चयनको लागी सहमति हुन नसकेपछि अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सुरु गरेको थियो ।
निर्वाचन कार्यतालिका प्रकाशन पश्चात उम्मेदवारी समेत दर्ता भै सकेको अवस्थामा बिवाद उत्पनन् भएपछि अधिवेशन स्थगित गरिएको हो ।
विशेषत अध्यक्ष, उपाध्यक्ष र सचिब पदमा सहमति हुन सकेको थिएन । अध्यक्षमा मिजास कार्की, अरुण पाख्रीन र दिपक माझीले उम्मेदवारी दर्ता गराएका थिए भने उपाध्यक्षमा प्रकाश रायमाझी, पोष्टराज काफ्ले र किरण बुढाथोकीले उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै सचिवमा श्रवण नेवा खड्गी, छवि पाख्रिन र शिव बरालको उमेदवारी परेको थियो । सहसचिवमा मनोज दर्लामी अरुण कुमार शाह र कोषाध्यक्षमा प्रमोद भुजेल, लक्सना बरालको उमेदवारी परेको थियो ।
युवा संघको ५१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन । कमलामाई नगरपालिका र दुधौली नगरपालिकाबाट ३/३ जना महिला सहित ८÷८ जना सदस्य निर्वाचित भएका हुन । यस्तै जिल्लाका सात गाउँपालिकाबाट २/२ जना महिला सहित ५/५ जना सदस्यहरु निर्वाचित भएका छन ।
निर्वाचनको कार्यक्रम सुरु भईसकेको अवस्थामा प्रतिनिधीहरुबाट मतपेटिका फुटाउने तथा प्रकाशित नामावलीहरु च्यात्ने काम भएपछि निर्वाचन समिति तथा अध्यक्षमण्डलले कार्यक्रमलाई स्थगीत गरेको अध्यक्षमण्डलले जनाएको छ ।
नौ बर्ष पछि हुन लागेको युवा संघ सिन्धुलीको ९ औं जिल्ला अधिवेशनमा वडा कमिटी, गाउँपालिका तथा नगरपालिका कमिटी र जिल्ला कमिटी गरी १ सय ८७ जना प्रतिनिधि सहभागी रहेका थिए । कार्यक्रम स्थगीत भएपछि नयाँ नेतृत्व चयनका लागी जम्मा भएका प्रतिनिधीहरु निराश बनेर गाउँ फर्किएका छन ।