सिन्धुली– नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले राजन दाहाल राजन रेलको प्लेटफर्मको पाकेटमारा जस्तो भएको बताउनुभएको छ ।
सोमबार प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुलीले माढीबजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले भन्नुभयो, “मनोजजंग थापा जस्तो प्रभावशालि ब्यत्तित्वलाई भोट नहालेर सिन्धुलीबासीले रेलको प्लेटफर्मको पाकेटमारा जस्तो राजन दाहाललाई भोट हालेर ठुलो गल्ती गरे ।”
उनले राजन दाहाल अपराधिक र गुण्डागर्दि चरित्रको भएका कारण कुनै न कुनै दिन जेल जाने निश्चित भएको समेत बताउनुभयो ।
शान्ति प्रक्रिया पछिका गम्भीर मानव अधिकार उल्लंघनका घटनामा राजन दाहाल संलग्न भएकाले राजन त्यसबाट कुनैपनि हालतमा उम्कन नसक्ने बस्नेतको भनाई थियो । उहाँले भन्नुभयो, ‘राजन दाहालले सिंह ठान्दै महेश बस्नेत र एमाले बिरुद्ध दिएको अभिब्यक्ति स्याल हुँदा गारो हुन्छ, राजन स्याल हो ।’
२०६५ सालमा झागाँझोली रातमाटामा भएको घटनाको क्रुरताको स्मरण गर्दै नेता बस्नेतले राजन दाहालको श्रीमति दिपा बोहोरा राजन भन्दा १० गुणा बढि गुण्डा भएको बताउनुभयो ।