बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नौ बर्ष पछि जिल्ला अधिवेशन हुँदै

बिहिवार , भाद्र १४, २०८०

सिन्धुली– नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नौ बर्ष पछि जिल्ला अधिवेशन हुने भएको छ ।

संघले आउँदो भाद्र १७ र १८ गते सिन्धुलीमाढीमा आफ्नो ९ औं जिल्ला अधिवेशन सम्पन्न् गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन गर्दै अधिवेशनको भब्य तयारी भईरहेको जानकारी गराएको छ ।

युवा संघ नेपाल सिन्धुलीको २०७२ सालमा अधिवेशन भएको थियो । लामो समय सम्म रोकिएको जिल्ला अधिवेशन भदौ १७ गते नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा उदघाटन गरिने जिल्ला संयोजक मिजास कार्कीले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनमा वडा कमिटी, गाउँपालिका तथा नगरपालिका कमिटी र जिल्ला कमिटी गरी १ सय ८७ जना प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनलाई ब्यवस्थित गर्नका लागी विभिन्न् उपसमितिहरु निर्माण गरिएको युवा संघ नेपाल सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया