बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एमसीसी बिरुद्ध सिन्धुलीमा बिरोध प्रदर्शन

बुधवार , भाद्र १३, २०८०

सिन्धुली – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध बुधबार सिन्धुलीमाढीमा पनि प्रदर्शन गरिएको छ ।

बुधबारबाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागे पछि साना चार कम्युनिष्ट पार्टीहरुले देशब्यापी सडक प्रदर्शन गरेका हुन् ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले बुधबार संयुक्त रुपमा सिन्धुलीमाढीमा बिरोध प्रदर्शन गरेको हो ।

सिन्धुलीमाढीमा बुधबार गरिएको प्रदर्शन पछिको कोणसभालाई नेपाल कम्युनिष्ट पार्टीका सिन्धुली इन्चार्ज शसी सि, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सिन्धुली इन्चार्ज भरत बुर्जाले कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ । यसमा नेपालले १३ करोड डलर थप गरेको छ ।

यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन् । त्यस्तै कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि हुनेछ ।

यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो । नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ ।

प्रतिक्रिया