बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

राप्रपा सिन्धुलीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

मंगलवार , भाद्र १२, २०८०

सिन्धुली– राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुलीले मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत प्रधानमन्त्री पुष्प कमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

गौहत्या गरि मासु खाएको दृश्य सामाजिक संजालमा सार्वजनिक गर्ने र त्यसो गर्न पाउनुपर्छ भन्दै चुनौती दिने पक्षलाई सरकारले कार्वाहि नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी  मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

हिन्दु धर्मालम्वीहरुले अनादिकालदेखि बनाएका मन्दिर संगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्धन्द प्रति सरोकारवाला पक्ष र सरकारका निकायले देखाएको निस्कृयताले समग्र हिन्दु धर्मालम्वीहरुको आस्थामाथी गहिरो चोट पुर्याएको राप्रपाको ठहर छ बिज्ञप्तीमा भनिएको छ ।

नेपालको संविधान, मुलुकी ऐन अपराध संहिता २०७४ को दफा १ सय ५६ तथा २ सय ८९ बिरुद्ध भएका यस्ता गतिविधी उपर रोक लगाई सम्बन्धीत पक्षलाई कानूनी कार्वाहिको दायरामा ल्याउनुपर्नेमा संविधानको धारा २६ को उपधारा ३ ले दिएको अधिकार अनुरुप शान्तिपूर्ण रुपले बिना हतियार भेला हुन पाउने अधिकार बमोजिम सनातन परिवारले गर्न लागेको बिशाल आमसभामा लगाएको निषेधाज्ञाले हिन्दुधर्मालम्वी प्रति सरकारको रवैमा प्रस्ट भएको ज्ञापन पत्रमा उल्लेख छ ।

सैविधान र प्रचलित कानूनको बर्खिलाप काम गर्नेहरु बिरुद्ध कडा कानूनी कार्वाहि गरि सनातन संस्कृति मान्दै आएका ओमकार परिवारको आस्थाको सम्मान गर्दै मेलमिलाप र शान्तिको वातावरण कायम गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापन पत्र मार्फत माग गरेको छ ।

प्रतिक्रिया