सिन्धुली– नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकट अखिल(क्रान्तिकारी)सिन्धुलीको तेश्रो जिल्ला सम्मेलन बिहिबार सिन्धुलीमाढीमा सम्पन्न् भएको छ । ‘दलाल भ्रष्टहरुको मुख तोड, बैज्ञानिक समाजवादी शिक्षा प्राप्तीका लागी हाम्रो जोड’ भन्ने मुल नाराका साथ सम्पन्न् जिल्ला सम्मेलनलाई नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शसी सीले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुभएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज शसीले भन्नुभयो, “शिक्षा क्षेत्रमा बिकृत बढिरहेको छ, शिक्षामा निजीकरण र ब्यपारीकरण मौलाउँदै छ, यस्को अन्त्य गर्दै बैज्ञानिक र समाजवादी शिक्षा स्थापनाको लागी अखिल(क्रान्तिकारी) लाग्नु पर्छ ।” शिक्षालाई ब्यवाहारिक र जिवन उपयोगी बनाउन विद्यार्थी एकता र संघर्ष आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको थियो ।

त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिब प्रकास सीले नेपालमा शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै गईरहेको बताउँदै ब्यवाहारिक र रोजगारमुलक शिक्षा स्थापनामा अखिल(क्रान्तिकारी) लागीरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका शिक्षालयहरु बेरोजगार उत्पादन गर्ने भट्टी जस्तै बनिरहेको छ, १५ बर्ष लगायर गरिएको अध्यनले कुनै रोजगारी दिदैन, ब्यवाहारिक सिप र दक्षता पनि दिदैन ।”
कार्यक्रममा अखिल(क्रान्तिकारी)का जनकपुर ब्यूरो कार्यालय सचिब राजन सी, पश्चिम जनकपुर ब्यूरो इन्चार्ज रमेश सी, केन्द्रीय सदस्य हस्त सी, मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय कार्यालय सचिब हरि सी लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

सम्मेलन आयोजक समितिका संयोजक रोहित थापाको अध्यक्षतामा सम्पनन् सम्मेलनले रोहित सिको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समितिको निर्माण गरेको जनाइएको छ । जस्को उपाध्यक्षमा सर्मिला सी, सचिबमा अनिता सी, सह–सचिबमा बिनोद सी र कोषाध्यक्षमा पुष्पा सी रहनुभएको छ ।