बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेपाली काँग्रेस सिन्धुली सुदृढीकरण अभियान

मंगलवार , श्रावण २३, २०८०

सिन्धुली– देशैभरि सुरु भएको नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियान सिन्धुलीमा पनि सुरु भएको छ । अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला आईपुगेका छन् । शनिबारदेखि सुरु भएको अभियान १० दिनसम्म चल्नेछ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

सिन्धुलीका लागी प्रतिनिधीको रुपमा खटिएर आउनुभएका नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य तथा पुर्व शिक्षा मन्त्री मानबहादुर बिस्वकर्माले नेपाली काँग्रेस सिन्धुलीले अभियानको क्रममा गर्ने कामकारबाही बारे र समसामयिक विषयबस्तु बारे कार्यसमिती संग छलफल गर्नुभएको छ । अभियानको प्रारम्भको सन्दर्भमा जिल्लाको बिभिन्न क्षेत्रीय कार्यसमितिहरुले बैठक, भेला र छलफलका कार्यक्रमहरु आयोजना गर्ने जनाइएको छ ।

अभियानको क्रममा सिन्धुली काँग्रेसले चरणबद्ध कार्यक्रमको आयोजना गरेको छ । सोही अनुरुप श्रावण मंगलबार सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ (ख) र निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समितीको अन्तरक्रिया कार्यक्रम सम्पनन् गरेको छ ।

त्यस्तै अभियानकै सन्दर्भमा श्रावण २४ गते सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेश समितीले छलफल कार्यक्रम राखेको छ भने दिउँसो क्षेत्र नम्बर १ को क्षेत्रीय समितीको आयोजनामा केन्द्रीय प्रतिनिधीको उपस्थितीमा जिल्लाको दुधौलीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

हाल निर्धारण गरिएको कार्यक्रममा २५ गते निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) को आयोजनामा खुर्कोटमा समसामयिक बिषयमा छलफल कार्यक्रम राखिएको सिन्धुली काँग्रेसका सचिव ईस्वर कुमार बस्नेतले जानकारी दिनुभयो ।

बाँकी कार्यतालिका अभियानकै क्रममा तय गरिने र यो अभियानलाई उत्कृष्ट बनाउने कार्यमा आफुहरु लागेको सिन्धुली काँग्रेसका सभापती उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

सभापती पोखरेलले जिल्लामा खटिएका प्रतिनिधिले जिल्लाको अवस्था के छ ? पार्टी संगठन कसरी चलेको छ ? स्थानीय सरकारहरु कसरी चलेका छन् ? विधानबमोजिम गर्नुपर्ने कामहरु भए÷नभएको के–कस्तो अवस्था छ ? यी विषयमा प्रतिवेदन तयार गरेर केन्द्रमा बुझाउनुहुन्छ, यी सबै कुरामा रहेका कमजोर पक्षहरु सबल बनाउन पहल गर्नुहुने छ उहाँको भनाई छ ।

अभियानका क्रममा नेताहरुले पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया