सिन्धुली – कमलामाई नगरपालिकामा नेकपा (एमाले) वाट निर्बाचित जन प्रतिनिधिहरुको नगर सभादल गठन गरेको छ । सभादलको संयोजक नगर उपप्रमुख मञ्जु देबकोटा उपसंयोजक केशर बहादुर कार्की र प्रबक्ता रामबहादुर थिङ चयन हुनु भएको छ । नगर उपप्रमुख मञ्जु देबकोटाको नेतृत्वमा गठन भएको सभदलमा एमालेबाट निर्बाचित ४६ सदस्य रहने छन् ।
सभादल गठन कार्यक्रमको प्रमुख आतिथी केन्द्रीय सदस्य तथा जिल्ला इन्जार्ज खेम प्रसाद लोहनी, विशेष अतिथी केन्द्रीय सदस्य मनोज जंग थापा र नेकपा (एमाले) जिल्ला अध्यक्ष रामकुमार कार्कीले मन्तब्य राख्नु भएको थियो ।