बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

निर्वाचन खर्च विवरण बुझाएको सांसद बम्जनको  स्पष्टोक्ति

बिहिवार , श्रावण ११, २०८०

सिन्धुली – सिन्धुली जिल्लाको प्रदेश सभा क्षेत्र २(१)को नेपाली काँग्रेसका सांसद छेत्रबहादुर बम्जनले  आफूले पहिला नै निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेको बताउनु भएको छ ।

मंगलबार निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण पेश नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्णय गरेपछि आपत्ति जनाउँदै सांसद बम्जनले आफूले २०७९ मंसिर २० गते जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा निर्वाचन खर्चको विवरण पेश गरेको जनाउनु भयो ।

बिहिवार एक विज्ञप्ति जारी गर्दै सांसद बम्जनले भन्नुभयो,“मैले मिति २०७९/०८/२० गते दर्ता नं. ७७६ मा जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा प्रदेश सभा सदस्य ऐन २०७४ को दफा ७२ बमोजिम निर्वाचन खर्च विवरण पेस गरेकोछु । मैले बुझाएको खर्च विवरण मेरो व्यक्तिगत फेसबुक एकाउन्ट र विभिन्न माध्यमबाट सार्वजनिक गरेकोे थिए ।”

उहाँले निर्वाचन आयोगले कारवाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम आफ्नो नाम पर्नुपर्ने कुनै कानुनी आधार नरहेको जिकिर गर्नु भएको छ । “निर्वाचन आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु,” उहाँले भन्नुभयो ।

बम्जनले जारी गरेको विज्ञप्ति

निर्वाचन आयोगको २०८०/०४/०९ मा प्रकाशित भएको “निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५०००।– जरिबाना गर्ने निर्णय” शीर्षकको प्रेस विज्ञप्ति प्रति मेरो गम्भीर ध्यानाकर्षणभएको छ ।

मैले मिति २०७९/०८/२० गते दर्ता नं. ७७६ मा जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा प्रदेश सभा सदस्य ऐन २०७४ को दफा ७२(२) बमोजिम निर्वाचन खर्च विवरण पेस गरेकोछु । मैले बुझाएको खर्च विवरण मेरो व्यक्तिगत फेसबुक एकाउन्ट र विभिन्न माध्यम सार्वजनिक भएको थियो ।

निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम मेरो नाम पर्नुपर्ने कुनै कानुनी आधार देखिँदैन ।

निर्वाचन आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । (मेरो खर्च विवरण बुझाएको प्रमाण, सार्वजनिक गरेको समाचारको प्रमाण र निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१(४) यसैसाथ संलग्न छ ) ।

प्रतिक्रिया