सिन्धुली – जेठ ३१ गते नेपाल भित्रिएको मनसुन विस्तारै सक्रिय हुदैँछ । मनसुन सुरु भएको केहि हप्ताभित्रै नेपालमा बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या दर्जन बढि नाघिसघेको छ । राष्ट्रिय विपद् जोखिम् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार देशको पूर्वी जिल्ला पाँचथर, ताप्लेजुङ् र संखुवासभामा बाढी तथा पहिरोका कारण दर्जन बढिको मृत्यु भएको हो ।
अन्य जिल्लामा विपद्ले मानविय क्षति पुर्याइसकेको अवस्थामा सिन्धुलीका नदि किनारा बस्तीका स्थानिय विपद्को भयले त्रसित बनेका छन् । सुनकोशी नदी, कमला नदी, चदा खोला, मरिण खोला, ग्वाङ खोला लगायतका खोला किनारामा रहेको बस्तिका स्थानिय बाढीको भयले चिन्तित छन् । वर्षेनि बाढी र पहिरोले सिन्धुलीमा ठूलो मानविय तथा भौतिक क्षति पुर्याउने गरेको छ ।
बगर हेर्दै भक्कानिन्छन् किसानः
दुधौली नगरपालिका ९ का किसान रामप्रसाद दनुवारलाइ यतिखेर कमलाखोंचको फा“टमा शुरु भएको रोपाइ देख्दा इष्र्या जागेर आउछ । कुनै दिन आफ्नो खेतमा यसैगरि रोपाइ हुँदा किसान दनुवार दंग पर्थे । नाचगान गरेर रोपाइ“ हुन्थ्यो, उहाँले भन्नुभयो, ‘पर्म आउने र खेतालालाइ घुंगी सहितको खाजाको व्यवस्था गर्दा कम्ती रमाइलो हुँदैनथ्यो ।’ दुधौली र कमलामाई नगरपालिकाको केही वडा कमलाखोँच क्षेत्र भरिमै धान उत्पादनमा अव्वल मानिन्छ ।

कमलानदीको बाढीले सालिन्दा उर्वरभूमी कटान गरेपछि सयौँ भूमीपति कृषक अहिले सुकुम्वासी बनेका छन् । जोगिएको खेत नदी कटानको चपेटामा छ । किसान दनुवारलाइ कमलाको कटानले नै भुमीपतिबाट मजदुरमा परिणत गरिदियो । उहाँको दुई बिघा फाट खेत अहिले बगर बनेको छ । कमला नदीको कटानबाट दुधौलीको हत्पते, रानीवास, निपाने, हर्षाही, टाडी, सिर्थौली, लदाभिर र कमलामाई नगरपालिकाका वडा नं. ८ देखि १० सम्मका किसानहरु प्रभावित हु“दै आएका छन् । उनीहरुका अनुसार कमला नदी कटानको समस्या बढेको चार दशक हुन लाग्यो । नियन्त्रणको काम प्रभावकारी हुन नसकेको किसानको गुनासो छ । ०४१ र ०५० सालमा चलेको बाढी पहिरोले कमलाखोंच क्षेत्रमा बढि क्षती हुने गरि खेतीयोग्य जमीन कटान भएको थियो । ०५० सालको बाढीको कटानबाट सुकुम्वासीमा दर्ज भएका किसान दनुवारको १२ जनाको परिवार मजदुरी गरेर पालिदै आएको छ । कटान भएकै बगर खोस्रिदै बिराएर खेत बनाउन लागि परेका उहाँलाइ फेरि ठुलो बाढी आउने हो की भन्ने चिन्ता छ । उहाँले भन्नुभयो, “तटबन्ध छैन, कुनबेला उर्लिने हो, नंग्रा ख्याएर बगरलाई यसो आठापा“चा उव्जनी योग्य बनाएको छु । त्यसबाट धेरथोर गुजारा चलेको छ ।”
कमला नदीले दुधौली नगरपालिकाको करिब दुईसय परिवारको चारसय बिघाजति खेत बगाएर बगर बनाएको छ । दुधौलीकै वडा नं २ का किसान बुधे कुमर पीडा पनि थामि नसक्नुको छ । उहाँ नवसुकुम्वासी बन्नु भएको छ । तीनवर्ष अघि कमला नदीमा आएको बाढीले १० कठ्ठा खेत बगाएपछि अहिले दैनिक मजदुरी नगरे चुलोमा आगो नबल्ने पीडा उहाँले सुनाउनुभयो । भएको खेतको आम्दानीले मजास“ग परिवारको गुजारा गर्दै आएको उहाँ अहिले बगर बनेको खेत हेरेर भक्कानिनुहुन्छ ।
कमला नदीको पीडा सहेर बस्न बाध्ये किसानहरु कमलाखोंच क्षेत्रमा सयौंको संख्यामा छन् किसान कुमरले भन्नुभयो, “नदी नियन्त्रण नहुँदा वर्षेनी सुकुम्वासीको संख्या बढ्दै गएको छ ।” सात जनाको परिवारलाइ तीन वर्ष अघिसम्म खान लाउनको कुनै समस्या थिएन उहाँले थप्नुभयो, “अहिले अर्काको खेतमा ज्याला, मजदुरी गरेर पेट पाल्ने गरेका छौ ।” वडा नं ६ हर्षाहीका किसान दुर्गाबहादुर घिसिङ गत वर्ष मात्रै कमला नदीमा आएको बाढीले सात कठ्ठा खेत बगाएपछि खानका लागि बेसाउनु पर्ने भएको बताउ“छन् । उहाँले भन्नुभयो, “कमला नदीको कटानले कुनवर्ष कुन किसान सुकुम्वासी हुने हो पत्तै हु“दैन् ।”
उहाँका अनुसार कमला नदीको कटानबाट कमलाखोंच क्षेत्रका हजारौं बिघा उर्बर जमिन बगरमा परिणत हुने क्रम बढ्दै गएको छ । कमला नदीले पुर्याएको क्षतिको बिबरण कुनै पनि निकायले संकलन नगरेकाले निश्चित क्षेत्रफल भन्न कठिन छ । तर यो नदीले विनास गर्ने कार्य वर्सेनि बढ्दै गएकाले सयौ भूमीपति किसानहरु भूमीहीनमा परिणत भएका छन् ।