सिन्धुली – सिन्धुलीमा बुधबार साँझ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघ सिन्धुलीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयक प्रमाणित गरेर मुलुकलाई सिक्किमीकरणको बाटोमा लगेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवासंघल पुत्ला दहन गरेको हो ।
अनेरास्ववियु सिन्धुलीका अध्यक्ष प्रशान्त लुंगेलीले प्रधानमन्त्रीको दबाबमा मृत अवस्थामा रहेको विवादास्पद नागरिकता विधेयक जगाएर राष्ट्रपतिले प्रमाणिकरण गरेकाले विरोधमा पुत्ला दहन गरिएको बताउनु भयो । पुत्ला दहन पछि विद्यार्थी र युवासंघले राष्ट्रपति र प्रधानमन्त्रीको विरुद्धमा नाराबाजि गरेका थियो ।
नेकपा एमाले पार्टी कार्यालय सिन्धुलीबाट सुरु भएको मसाल जुलुस जुनार स्तम्भमा कोणसभामा परिणत भएपछि पुत्ला दहन गरेका थिए ।
उनीहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर !, राष्ट्रघाती नागरिकता बिधियक खारेज गर !, भारतीयलाई नागरिकता उपहार ! देश बेच्ने प्रचण्ड गद्दार !!,प्रचण्डको भारत भ्रमण , बिन बुलाए मेहमान !! प्रचण्डको सरकार बिदेशी प्रभु सँग लम्पसार !!, चुच्चे नक्साको जमिन खोइ ? मोदिसँग बोल्छौ केही ?, कलंकका साझेदार प्रचण्ड रामचन्द्र गद्दार !!, चिहानबाट ब्युतायौ गोल्छेको जुत्ता बिर्सियौ ?, प्रचण्डको सरकार ! लेन्डुपको नयाँ अबतार !!, अखण्ड भारतको भन्दा प्रमाण ग्रेटर नेपालको धेरै छ प्रस्टै बुझे जनताले, देश बेच्ने गद्दार को रै छ ??? . अनेरास्ववियु जिन्दाबाद ! राष्ट्रिय युवा संघ नेपाल – जिन्दाबाद !! भन्ने नारा लगाएका थिए ।


