बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका सांसदको अभिव्यक्तिका कारण संसद अवरुद्ध

शुक्रवार , जेठ १२, २०८०

सिन्धुली– सिन्धुलीको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लेखनाथ दाहाल ‘राजन’ को अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

माओवादी केन्द्रबाट निर्वाचित राजनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन पित्तल रहेको भन्दै आरोप लगाउनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक गिरीले पशुपतिनाथको जलहरी सुन हो कि पित्तल हो भनी छानबिन गरी सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने बताउनुभयो ।

यसैगरी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाइएको मिथ्या आरोप गम्भीर भएको बताउनुभयो । सत्तापक्षका सांसदले आफूहरुलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गर्नुभयो । सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानविन गर्न उहाँले माग गर्नुभयो ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक–पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । सभामुखको आग्रह गरे पनि एमाले सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै नाराबाजी गर्नुभएको थियो ।

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उहाँले २० मिनेटका लागि बैठक स्थगित भएको छ ।

गि बैठक स्थगित भएको छ ।

प्रतिक्रिया