सिन्धुली– जिल्लामा हालसम्म पनि आधा दर्जन भन्दा बढी सरकारी कार्यालयका आफ्नै भवन बिहिन अवस्थामा सेवा प्रदान गरिरहेका छन ।
आफ्नै कार्यालय नभएका कार्यालयहरुमा जिल्ला शिक्षा समन्यव इकाई, निर्वाचन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, आन्तरिक राजश्व कार्यालय, खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकिरण परीयोजन कार्यालय परियोजना इकाई कार्यालय, स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, जिल्ला खेलकुद विकास समिति, शसस्त्र प्रहरी बल जिल्ला सुरक्षा वेस कयाम्पको आफ्नै कार्यालय भबन छैन ।
जिल्लामा सुरक्षा निकाय र विक्तिय संस्था तथा वैंकहरुका आफ्नै घरहरु नहुँदा वार्षिक लाखौं रकम घरभाडा तिर्नु पर्ने अवस्था विद्यमान रहँदै आएको छ । कार्यालय व्यक्तिको घरमा हुँदा तितर बितर अवस्थामा छन् जसले गर्दा सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो भइरहेको अवस्था छ ।
त्यस्तै स्थानीय सरकारको रुपमा रहेको गोलन्जोर गाउँपालिकासँग दोश्रो कार्यकालमा समेत आफ्नै प्रशासनिक भवन छैन भने कमलामाई नगरपालिकाको वडा नं.४ र ५ का वडा कार्यालयहरुको आफ्नै भवन छैन ।
जिल्लामा सरकारी कार्यालयहरुको आफ्नै भवन नहुँदा बर्सेनी भाडास्वरुप व्यक्तिलाई लाखाँै रुपैयाँ भुक्तानी दिँदै आएका छन् । जस्का कारण राज्यको विकास बजेट भाडामा खर्च हुने गरेको छ । भाडामा रहेका सरकारी कार्यालयहरु अपाङ्ग मैत्री र सेवाग्राही मैत्री नहुँदा समस्या हुनेगरेको छ ।