सिन्धुली, – नेपाली काँग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन सिन्धुलीले मंगलवार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपति पद काँग्रेस सर्मथकले जित्ने जिकिर गर्नुभएको हो । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उहाँको भनाइ थियो ।
नेता कोइरालाले भन्नुभयो, “राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, उहाँले राष्ट्रपतिको उम्मेदवार राजनीतिक दल भन्दा बाहिरका राष्ट्रिय व्यक्तित्वलाई काँग्रेसले अघि सार्नुपर्ने जोड दिनुभयो । तर पछिल्लो समयमा काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र पार्टी सभापति शेरबहादुर देउवाको समेत राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलिरहेको छ ।
लोकतन्त्रलाई बलियो बनाउन काँग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, शुसासन, पारदर्शिता हुनाका साथै दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो । उहाँले भन्नुभयो, “एक वर्षमा हुनुपर्ने पार्टीका काम हुनसकेका छैनन्,संगठनलाई मजबुत बनाउन सकिएन भने आगामी निर्वाचनको नतिजा अर्कै हुनेछ त्यसैले पार्टीलाई बलियो बनाउनु पर्दछ ।”