सिन्धुली– अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित हुनुभएको छ । शनिबार भएको अखिल नेपाल महिला संघ सिन्धुलीको निर्वाचनमा भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदका लागि सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रिया गएको नवनियुक्त अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँका अनुसार पार्टीको आन्तरिक प्रतिस्पर्धा भएको हो । मतदानमा भट्टराईले ३६ र तिमल्सिनाले २६ मत प्राप्त गर्नु भएको थियो । ६७ जनामध्ये ६२ जनाले बैठकमा सहभागि भई मतदान गरेका थिए ।अध्यक्ष बाहेकका पदाधिकारी भने सर्वसम्मत चयन भएका छन् । अनेम संघ सिन्धुलीको ६७ जना सदस्य रहेका थिए । सो मध्ये ६२ जनाले निर्वाचनमा सहभागि भएका थिए । अध्यक्ष पदका लागि मेनुका तिमल्सिना र पार्वति भट्टराईको प्रतिस्पर्धा रहेको थियो ।
उपाध्यक्षमा दुधौली नगरपालिकाका राधा कार्की, सचिवमा कमलामाई नगरपालिका ११ का रमा कार्की, उपसचिवमा गोलन्जोर गाउँपालिकाका तुलसा देवकोटा र कोषाअध्यक्षमा कमालमाई नगरपालिका २ का भद्र राजभण्डारी सर्वसम्मत चयन हुनुभएको हो ।