सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ९ को एक यात्रु प्रतिक्षालयमा पुस्तकालय ‘मिनि लाइब्रेरि’ राखिएको छ । नव बथानचौडी युवा क्लबले यात्रु प्रतिक्षालयमा मिनि लाईब्रेरी स्थापना गरेको हो । क्लबका सदस्य टंक वि.कको सहयोगमा बथानचौडी (शिव मन्दिर) यात्रु प्रतिक्षालयमा मिनि लाईब्रेरि स्थापना गरिएको क्लबले जनाएको छ ।
शनिबार पुस्तकालयको उद्घाटन गरिएको हो । त्रिवेणी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष गिरिको प्रमुख आतिथ्यतामा पुस्तकालय उद्घाट न गरिएकोे क्लबले जनाएको छ । क्लबले मिनी पुस्तकालयका लागि पुस्तक सहयोग गर्ने शान्ति प्रसाद चौलागाई, उदव बराल, सरद गिरि, नरेन्द्र र्काी, रुपक बुढाथोकी, जनजागृति विद्यालयका शिक्षक गुणराज पौडेल लगायतलाई धन्यवादन ज्ञापन गरेको छ । पुस्तकालायमा झण्डै तीन दर्जन बढि किताबहरु राखिएको छ । बस पर्खने यात्रुकालागि पुस्तक समय व्यतित गर्ने राम्रो माध्यम हुने क्लबले जनाएको छ ।