शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कहिले हुन्छ सिन्धुलीमा मतगणना

सोमवार , मंसिर ५, २०७९

सिन्धुली– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुलीको सबै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको छ ।

सबै मतदान केन्द्रबाट मतपेटिका र कागजपत्र सुरक्षित साथ जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । सबै मतपेटीका आइसकेको अवस्थामा आज (सोमबार) बिहान ९ बजे बस्ने सर्वदलीय बैठकले मतगणनाको समय तोक्ने छ । आचारसंहिता बनाई सोमबार बिहानबाट मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना कमलामाई नगरपालिका ५ स्थित कन्दमूल विकास केन्द्रमा हुनेछ ।

प्रतिनिधिसभाको दुई वटा र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा दुई लाख आठ हजार ३६९ मतदाता रहेका छन् । १५१ वटा मतदानस्थल र दुई अस्थायी सहित २६९ वटा मतदान केन्द्रमा मतदान गरिएको छ । मतदानमा ५४ प्रतिशत मत खसेको अनुमानित तथ्यांक रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने ७० प्रतिशत मत खसेको थियो । त्यसैगरी कारागार कार्यालयमा रहेका ९३ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेक कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गरेको कार्यालय प्रमुख कुशल न्यौपानेले जानकारी दिनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया