शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पार्टीलाई होइन व्यक्तिलाई समर्थन गर्दै समाजसेवि थापा

सोमवार , कार्तिक २८, २०७९

सिन्धुली– समाजसेवि उज्जवल विक्रम थापाले फरक फरक दलका फरक फरक उम्मेदवारलाई अनौपचारिक समर्थन जुटाइरहनुभएको छ । आगामी मंसिर ४ गते एकैसाथ हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उम्मेदवारी दिएकाहरुको समर्थनमा थापा कहिले मकवानपुर पुगिरहनुभएको छ त कहिले सिन्धुलीका गाउँहरुमा देखिनुहुन्छ । केहि दिन अघिमात्रै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार एसिड पीडित बिन्दबासिनी कांसकारको समर्थनमा मकवानपुर पुग्नु भएको थियो । त्यस्तै, उहाँ काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रको समर्थनमापनि देखिनुभएको थियो ।

सिन्धुली जन्मथलो रहेको थापाले सिन्धुलीमा भने एमालेका तर्फबाट उम्मेदवारी दिनुभएको बुद्धिजिवि परिषदका इन्चार्ज मनोज जंग थापा र प्रदेस सभा सदस्य छत्र बम्जनलाई अनौपचारिक समर्थन जुटाइरहनुभएको छ । उहाँले कोमलता र करुणा भएको उम्मेदवारलाई भोट दिन अपिल गर्नुभएको छ । उहाँले सिन्धुलीको क्षेत्र नम्बर २ का संघीय उम्मेदवार मनोज जंगलाई सहयोग गर्नुको पछाडी मनोज जंगको बौद्धिकता रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म निस्वार्थ समाजसेवामा छु । गाउँघरमा डुलरहन्छु, पीडितको घाउमा मलम लगाउन देशका कुनाकाप्चामा दौडिरहेको हुन्छु । विगतमा मनोज जंग गाउँमा देखिएनन् भन्ने मतदाताको गुनासो पनि रहेछ । मतदाताले के बुझ्न जरुरी छ भने उनी नदेखिने ठाउँमै बसेर देशको कुटनैतिक सम्बन्ध सुदृढिकरण गरिरहेका थिए ।’, उहाँले भन्नुभयो, ‘कोहि केहि नगरि पनि देखिन चाहान्छन्, कोहि धेरै गरेर पनि देखिन खोज्दैनन् ।’ सिन्धुलीमा मनोज जंग जतिको बौद्धिक र केन्द्रमा पकड भएका उम्मेदवार चुनाव उठ्नु सिन्धुलीवासिकालागि सुनोैलो अवसर भएको समाजसेवि थापाले बताउनुभयो ।

‘अग्नि खरेल र केपी ओली हिरो’: एसिड पीडितका सारथी उज्जवल विक्रम थापाले पुर्व महान्यायधिवक्ता अग्नि खरेल र पुर्वप्रधानमन्त्री केपी ओली एसिड आक्रमण विरुद्धको अभियानका हिरोहरु भएको बताउनुभयो । १२ असोज २०७७ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीको सरकारहुँदा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश निष्क्रिय भइसकेको छ । अध्यादेश ल्याउन ओली र खरेलको भुमिका अह्म रहेको भन्दै समाजसेवि थापाले ओली र खरेल जस्ता व्यक्तिलाई नागरिकले समर्थन गर्नुपर्ने बताउनुभयो । समाजसेवि थापाले एसिड आक्रमणका विरुद्ध उभिएका ओली र खरेलको समर्थनमा बोलेको भिडियो अहिले समाजिक संजालमा भाइरल भइरहेको छ । खरेल झापाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ भने ओली झापाको क्षेत्र नम्बर ५ बाट संघिय सदस्यकालागि चुनावि मैदानमा हुनुहुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया