बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका २५ मतदानस्थल अति संवेदनशील

बिहिवार , कार्तिक २४, २०७९

सिन्धुली – सिन्धुलीमा निर्वाचनका लागि कायम रहेका २५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ५३ मतदान स्थल रहेका छन् । समितिका अनुसार ६४ संवेदनशील र ६४ कम संवेदनशील छन् ।

निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा संवेदनशीलरुपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली जिल्लामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन भइसकेको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । सुरक्षा संवेदनशीलता मानिएका मतदानस्थलको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ ।

प्रतिक्रिया