सिन्धुली– नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले हरिहरपुरगढीले सम्ंभावनैं संभावना बोकेको यहाँ धेरै काम गर्न सकिने अबस्था रहेको बताउनुभएको छ ।
एमाले २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीद्धारा आइतवार हरिहरपुरगढीको ८ क्यानेश्वरको पानतलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले सो कुरा बताउनुभएको हो । उहाँले हरिहरपुरगढीमा अथाह पानी छ, जडिबुटी छ र पर्यटकीय केन्द्रका रुपमा यसलाई विकास गर्न सकिन्छ त्यसका निम्ती हामीलाई तपाईहरुको साथ, सहयोग र समर्थन अरिहार्य भएको बताउनुभयो ।
यस क्षेत्रमा अथाह कृषिको संभावना पनि छ, रोजगारी सिर्जना गर्न सकिने अबस्था छ, त्यही कारणले पनि हामीले मरिण, हरिहरपुरगढी र ध्याङलेख क्षेत्रको विकासका लागि पाँच प (पानी, पर्यटन, पूर्वाधार, परिश्रम र परिवार) को अबधारणा सार्वजनिक गरेको बताउँदै सिन्धुलीका जिल्लाकै बौद्धिक उमेदवारका रुपमा चिनिएका थापाले भन्नुभयो, अहिले तपाईहरु समक्ष नेकपा एमाले सिन्धुलीका सबै नेताहरु हुनुहुन्छ, उहाँहरुकै अगाडि अहिले जे प्रतिवद्धता गरिएका छौं, त्यो व्यवहारमैं लागु गर्न हामीबाट हामी पछाडि हट्ने छैनौं । पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु तपाईहरुको समस्या बुझ्न र पार्टीका तर्फबाट गरिएको प्रतिबद्धताहरु पुरा गराउन सक्रिय हुनुहुने बताउँदै विगतका प्रतिनिधीले अर्थात बिचारधाराका आधारमा यस क्षेत्रमा माओवादी केन्द्रले विकासमा भेदभाव गरेकोले त्यसलाई अन्त्य गर्न मंसिर ४ गते सूर्य चिन्हमा मतदान गर्न अपील गर्दछु ।
विगतको तितो अनुभवलाई संझँदै सूर्य चिन्हमा मतदान गर्नु भएन भने यस क्षेत्रको अबस्था जहाँको त्यही रहने छ । तपाईहरु माथिको भेदभाव जारी रहने बताउँदै एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका उमेदवार थापाले हरिहरपुरगढीको भाग्य र भविश्य कोर्नका लागि, उज्यालो भविश्यका लागि सूर्य चिन्हमा मतदान गर्न जरुरी रहेको बताउनुभयो । हामीले तपाईहरुले बनाउनु भएका गठबन्धनका नाममा माओवादी केन्द्रका उमेदवार तपाईका बीचमा आएर फेरी पनि भ्रम छर्न सक्छन्, तपाईहरु उनीहरुबाट छरिने भ्रमबाट मुक्त हुन र गलत आश्वासहरु दिनेहरुमाथि प्रश्न गर्न सुझाव दिनुभयो ।
उहाँले अगाडि भन्नुभयोः अब हरिहरपुरगढीका जनताले दुःख गर्नुपर्ने अबस्थाको अन्त्य हुने दिन आउन थालेको छ । विगतमा तपाईहरुले चुनेर पठाउनु भएको प्रतिनिधी यस गाउँमा फर्केर आएनन् । तर हामी निरन्तर तपाईको गाउँमा आउँछौं र हरिहरपुरगढी दरवार बनाउनेछौं । हामी सिन्धुलीगढी जस्तै पर्यटकहरु आउने र गाउँपालिकालाई करोडौं आम्दानी हुने अबस्थाको सिर्जना गर्नेछौं । सिन्धुलीगढी र हरिहरपुरगढीलाई जोड्ने लिंकरोडलाई हामीले प्राथमिकतामा राखेर काम गर्नेछौं । त्यसका निम्ती तपाईहरुले सूर्य चिन्हमा मतदान गरेमात्रै संभब हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य उमेदवार रामकुमार पौडेल, समानुपातिक उमेदवार रणुकमारी बलम्पाकी, कमलजंग राई र केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेश पहाडीलगायतले हरिहरपुरगढीको विकास र समृद्धिको लागि पार्टीका तर्फबाट जनता समक्ष प्रतिवद्धता जनाउनुभएको थियो । एमालेले सिन्धुलीगढी जस्तै हरिहरपुरगढीलाई पर्यटकीय केन्द्र बनाउने चुनावी प्रतिबद्धतापत्रमासमेत उल्लेख गरेको छ ।