सिन्धुली– नेकपा एमाले सिन्धुलीले चुनावि घोषणापत्र सार्वजनिक गरेको छ । बिहिबार जिल्लाको क्षेत्र नम्बर २ का उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रकालागि चुनावि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
पुर्व सांसद गणेश पहाडीको प्रमुख आतिथ्यतामा नेकपा एमालेको पार्टी कार्यालयमा सार्वजनिक गरिएको घोषणापत्रमा विमानस्थल निर्माण देखि रिंगरोड निर्माणका योजनाहरु रहेका छन् । आगामी मंसिर ४ गे आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुले जनता सामु गरेका प्रतिबद्धताहरु बिहिबार सार्वजनिक गरेको छ ।
प्रतिबद्धता पत्रमा प्रतिनिधिसभा क्षेत्र नं. २ का रणनैतिक आयोजनाहरुमा बिशेष गरी सडक तथा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, आधुनिक सहर र बस्ती, पर्यटन, उद्योग र रोजगार लगायतलाई मुख्य प्राथमिकतामा राखिएको छ । साथै, निर्वाचन क्षेत्र विशेष रणनैतिक योजना अन्तर्गत कमलामाई नगरपालिकामा रिंगरोड निर्माण कार्यलाई विशेष प्रथमिकताका साथ अगाडी बढाईने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
रणनैतिक अयोजना अन्तर्गत कमलामाई नगरपालिका ८ मा विमानस्थल निर्माण गर्ने योजना रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । विमानस्थल निर्माणका लागि पहिलो चरणको अध्ययन तथा प्राविधिकरुपमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) तयार गर्ने कार्य २०७६ सालको जेठ अन्तिम सातामा भएको थियो । त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयारीकालागि पनि नेपाल नागरिक उड्डयल प्राधिकरणले गत आर्थिक वर्षको अन्त्यमा प्रक्रिया अघि बढाएको थियो । हरेक आर्थिक वर्षको अन्त्यमा विमानस्थल निर्माणकालागि विभिन्न चरणको काम गर्ने भन्दै बजेट प्रयोग गर्ने बाहेक अन्य उपलब्धि नभएको देखिन्छ । एमालेले छारो टार्ने काम भन्दा पनि विशेष प्राथमिकताका साथ विमानस्थल निर्माणमा जोड दिने घोषणापत्रमा उल्लेख गरेको छ ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सिन्धुलीको क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंग थापाले प्रतिनिधिसभाको सदस्यको मुख्य जिम्मेवारी निति निर्माण रहेको बताउनुभयो । उहाँले जिल्लामा बृहत योजना ल्याउन र कार्यान्वयन गर्न आफूले भुमिका खेल्ने जानकारी दिनुभयो । राजनैतिक स्थिरताकालागि आफ्नो उम्मेदवारी रहेको बताउदँै थापाले गठबन्धनमा फरक फरक विचारको पार्टी रहेकाले स्थिर सरकार नबन्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्थानिय तहलाई सुदृढिकरण गरिनेछ । स्वआर्जनकालागि पुवर्धाधार निर्माण गरि स्थानिय तहको अर्थव्यवस्था बलियो बनाइनेछ ।’ साथै, तीनै तहको सरकारबिच समन्वय गरि सिन्धुलीको आर्थिक, सामाजिक र समग्र विकासमा आफूले भुमिका खेल्ने थापाले बताउनुभयो ।
यस्तै क्षेत्र २ प्रदेश सभा १ तथा २ को आगामी योजनाहरुमा पनि सडक तथा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र रोजगार, खानेपानी, सरसफाई, सिंचाई, आवास ब्यवस्थापन, बिद्युत, सुचना संचार, महिला, रोजगार र गरिवी निवारण, नदि नियन्त्रण लगायत प्रतिबद्धताहरु समावेस गरिएको छ ।
सडक तथा भौतिक पुर्वाधारमा बिशेष गरि चियावारी खुर्कोट सुरुङमार्ग निर्मार्ण कार्य तथा कमलामाई नगरपालिका ८ सिन्धुलीमा बिमानस्थल निर्माणको काम तदारुकताको साथ अगाडि बढाईने भन्दै मुख्य प्राथमिकतामा उल्लेख गरिएको छ । यस्तै शिक्षामा प्राविधिक शिक्षाको स्तरउन्नती गर्ने, सामुदायिक बिद्यालयको भौतिक पुर्वाधार तथा शैक्षिक गुणस्तरमा बृद्धी गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
यता स्वास्थ्यमा स्वास्थ्य सेवालाई सर्वसुलभ गराईने, सिन्धुलीमा औषधी उत्पादन कम्पनी स्थापना गरिने, सिन्धुली अस्पताललाई १०० शैयाको सुबिधा सम्पन्न अस्पताल बनाईने, ट्रमा सेन्टरको स्थापना गरिने, कृषिमा कृषि पेसालाई आधुनिकिकरण गरिने, बाझो जमिनलाई उपयोग गर्दै कृषि उत्पादनमा प्रोत्साहन गरिने, कृषिमा आधारित घरेलु तथा साना उद्योगको स्थापनामा जोड दिने, सिंचाईको उचित प्रवन्ध मिलाईने लगायत समावेस गरिएको छ ।
यस्तै प्रतिबद्धता पत्रमा अति बिपन्न सिमान्तकृत, दलित, एकल, असक्त अपांगता भएकाहरुलाई बिशेष आर्थिक उत्पादनका कार्यक्रम ल्याईने, उज्यालो सिन्धुली अभियान अन्तर्गत बिद्युत बिस्तार हुन बाँकी रहेको क्षेत्रमा बिद्युत बिस्तार गर्ने, महाभारत क्षेत्रमा पर्यटकीय स्थल पहिचान गरी पर्यटन प्रर्वधन र बिकास गरिने, फोन सेवा तथा ईन्टरनेट सेवा नपुगेको स्थानमा सेवा पुर्याईने, महिला सशक्तिकरणको लगि विशेष कार्यक्रम ल्याईने, जेष्ठ नागरिक, अपांगता भएका पिछडिएका बर्गको सुरक्षा गरिने लगायतका जनतामुखी थुप्रै प्रतिबद्धताहरु समावेस गरिएको छ । एमालेको तर्फबाट क्षेत्र नम्बर २ प्रदेशसभा १ मा पुर्व प्रदेश सांसद विनोद खड्का र प्रदेशसभा २ मा रामकुमार पौडेल चुनावि मैदानमा हुनुहुन्छ ।
सिन्धुलीमा नेकपा एमाले क्षेत्र नम्बर २ ले मात्र चुनावि घोषणापत्र गरेको छ । हालसम्म, कुनैपनि पार्टीले सिन्धुलीमा घोषणापत्र सार्वजनिक गरेका छैनन् ।