बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

मनोजजंग थापा सिन्धुली-२ मा बलियो पकड बनाउँदै

बिहिवार , कार्तिक १०, २०७९

सिन्धुली,१० कात्तिक - मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ मा संघीय संसदका लागि उम्मेदवार हुनुभएका मनोजजंग थापा प्रभावशाली देखिँदै आउनुभएको छ ।

वि.सं. २०४० सालमा कमला मावि ढुङ्ग्रेबासमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुबाट बामपन्थी राजनीति यात्रा शुरु गर्नुभएका थापा अखिल भारत नेपाल विद्यार्थी संघको महासचिव हुँदै राजनीतिमा अगाडि आउनुभएको हो ।

उहाँले लोकतान्त्रिक आन्दोलनलाई पूर्णता दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्तर्राष्ट्रिय बिभागको जिम्मेवारीमा समेत क्रियाशिल हुँदै हाल नेकपा एमालेको केन्द्रिय सदस्य तथा बुद्धिजीवी परिषदका इन्चार्ज रहनुभएको छ ।

थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दखल राख्ने सक्रिय राजनितीकर्मी हुनुहुन्छ । वर्गीय समाज र राज्यका मूख्य मुद्दामा पार्टीलाई राय सल्लाह सुझाव दिने थापाले नेपालको माओवादी आन्दोलन र चिनिया कम्युनिस्ट पार्टीबिच सहजकर्ताको रुपमा कार्यसमेत गर्नुभएको थियो ।

शोषित पीडित वर्गको मुक्तिका लागि माओवादीले गरेको क्रान्ति सिमित ब्यक्ति र नेतृत्वका कारण स्खलित भएको र माओवादी आन्दोलन पार्टी बन्न नसकेको निष्कर्ष सहित थापाले राष्ट्र, राष्ट्रियता र अखण्डताको पक्षमा सतिसाल झै खडा भई देश र जनताको समृद्ध र खुशीका लागि एमालेको राजनीतिमा सक्रिय भएको बताउनुभएको छ ।

उहाँको सक्रियताकै वावजुद ‘समृद्ध सिन्धुली, सुखी सिन्धुलीबासी’ भन्ने मूल अवधारणासहित एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ प्रतिनिधि सभा सद्स्यमा उम्मेदवारी दिनुभएको छ।

पानी, पर्यटन, पूर्वाधार, परिश्रम र परिवार नै सामाजिक रुपान्तरणको मूख्य आधार रहेको र यसैले समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्माण गरि समाजवादको मार्ग प्रशस्त गर्ने सामाजिक दर्शन तय गर्दछ भन्ने दर्शनशास्त्रमा दख्खल राख्ने उम्मेदवार थापाको बौद्धिकताबाट प्रभावित सिन्धुलीबासीहरू वास्तमै खोजे र रोजेजस्तो उम्मेदवार पाएकोमा निकै हर्षित रहेको बुझिएको छ ।

चौबीसै घण्टा जिल्लामा घुमिरहने,सानातिना कार्यमै समय गुजार्ने नेताले झिनामसिना कार्य बाहेक समग्र जिल्लाको बिकासका निमित्त राष्ट्रिय राजनीतिमा प्रभाब राख्ने ल्यागत राख्दैन, जस्का कारण बिकास बजेट,परियोजना तर्जुमा,शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता जनताका यावत समस्या ज्यूका त्यू रहन्छ ।जिल्लाको बिकासमा टेवा पुराउनका निमित्त राष्ट्रिय स्तरमा पहुच, क्षमता र दक्षता भएको नेता नै अबको विकल्प हो, त्यो नै मनोज जङ थापा मात्र भएको आम सिन्धुली बासिको आवाज बनेको र थापाको विकल्प नरहेको भनी उहाँको बिजय सुनिश्चिततामा खुशी ले गदगद छन।

 

प्रतिक्रिया