बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुली सबै निर्वाचन क्षेत्रमा नेकपा(एमाले) निर्वाचन परिचालन मुल समिति गठन

आइतवार , आश्विन ३०, २०७९

सिन्धुली, – नेकपा(एमाले) सिन्धुलीले आउँदो मंसीर ४ मा हुने निर्वाचनलाई केन्द्रित गरेर आफ्ना आन्तरिक गतिविधीहरुलाई तिब्र बनाएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रको प्रतिनिधीसभा तथा प्रदेशसभा स्तरका समन्यव समितिको बैठक सम्पनन् गर्दै निर्वाचन परिचालन मुल समिति तथा विभिन्न् उपसमितिहरु गठन गरिएको नेकपा(एमाले) सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालले जानकारी दिनु भयो ।

आउँदो निर्वाचनमा नेकपा(एमाले)ले प्रतिनिधीसभा तर्फ जिल्लाको दुबै निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ चार वटै निर्वाचन क्षेत्रमा नेकपा(एमाले)को बिजयलाई सुनिश्चित गर्न निर्वाचन परिचालन मुल समिति तथा विभिन्न् उपसमितिहरु र गठन सँगै सवै संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रको बैठक उत्साहपुर्वक सम्पनन् गरिएको दाहालले बताउनु भयो ।

नेकपा(एमाले)ले जिल्लाको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं.१ को चुनाबी कमाण्डर बिषमलाल अधिकारी दनुवारलाई बनाएको छ भने प्रदेशसभा तर्फ (क)को कमाण्डर तारानिधी पाखरेल र (ख)को कमाण्डर रेखराज अधिकारीलाई बनाएको छ । निर्वाचनलाई ब्यवस्थित गर्नका लागी आर्थिक, प्रचार प्रसार, जनसंगठन तथा स्वयमसेवक परिचालन, सास्कृतिक र स्वास्थ्य उपसमितिहरु समेत निर्माण गरेको छ । नेकपा(एमाले)का केन्द्रिय सदस्य तथा बन तथा वातावरण विभाग प्रमुख समेत रहनु भएका दनुवारको नेतृत्वमा दुई हजार एक सदस्यीय मुल निर्वाचन परिचालन समिति निर्माण गरिएको नेकपा(एमाले)ले जनाएको छ ।

त्यस्तै प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं.२ को चुनाबी कमाण्डरको रुपमा नेकपा(एमाले)का केन्द्रिय सदस्य कमलजंग राईले नेतृत्व गर्दै हुनुहुन्छ। प्रदेशसभा तर्फ (क) मा शान्तिमान कार्की र (ख)मा गणेश वुढाथोकीले समग्र चुनाको कमाण्डरको जिम्मेवारी पाउनु भएको छ । प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं.२ मा पाँच हजार एक सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन सँगै विभिन्न् उपसमितिहरु निर्माण गरिएको एमाले सिन्धुलीले जनाएको छ ।

निर्वाचनलाई लक्षित गर्दै संघ तथा प्रदेश समन्यव समितिका वैठकहरु, गाउँ तथा नगर कमिटीका वैठकहरु तथा वडा कमिटीका वैठकहरु धमाधम भईरहेको र जनसंगठनहरुको वैठक भेला तथा प्रशिक्षणका कार्यक्रमहरु पनि चलिरहेको नेकपा(एमाले) सिन्धुलीका सचिब नारायण बरालले बताउनु भयो । उमेदवारी दर्तासँगै पहिलो चरणमा पार्टी कमिटीलाई परिचालन गर्ने योजना अन्र्तगत वैठकहरु सम्पनन् गरिएको र तत्काल जनपरिचालन र भेटघाट तथा घरदैलो कार्यक्रम तर्फ आफ्नो पार्टी अगाडि बढ्ने बरालले बताए । एमालेको जितलाई सुनिश्चित गर्नका लागी पार्टी तथा जनवर्गिय संगठनहरुको सबै तागतलाई युद्धस्तरमा परिचालन सुरु गरिएको उहाँले बताउनु भयो ।

एमाले केन्द्रीय सदस्य एवम् निर्वाचन परिचालन कमिटीका संयोजक कमलजंग राईका अनुसार निर्वाचन गतिविधीलाई व्यबस्थित र मर्यादित ढंगले सञ्चालन गर्नका लागि संघीय क्षेत्र नं. २ र ३ वटा प्रदेशसभाका क्षेत्रलाई समेटेर शनिवार कमिटी गठन गरिएको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, “निर्वाचनका दौरानमा हामी गाउँ गाउँमा जाँदा एमालेका पक्षमा मतदान गर्न सर्वसाधारण आतुर छन्, हामी चाहान्छौं, निर्वाचन शान्तिपूर्ण रुपमा हुनुपर्छ । निर्वाचनलाई निश्पक्ष र धाँधलीरहित ढंगले सञ्चालन गर्नका लागि हामीले जिल्ला निर्वाचन अधिकारीलाई आग्रह गरेका छौं र उहाँले त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुहुनेछ ।”

त्यसैगरी शनिवारनै बसेको संघीय क्षेत्र नम्बर २ अन्र्तगतको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नंं.२ (क) को बैठकले एमाले बाग्मती प्रदेश कमिटी सदस्य शान्तिमान कार्की र २ (ख) मा बाग्मती प्रदेश कमिटी सदस्य गणेश बुढाथोकीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार मनोजजंग थापाले केही दिनभित्रै पार्टीको तर्फबाट घोषणापत्र तयार हुने बताउनुभयो ।

उहाँले सिन्धुली सौगातसँग कुरागर्दै आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत रहेको टोल, वडा र पालिका कमिटीबाट आएका सुझावहरुलाई अहिले लिपिवद्ध गर्ने काम थालिएको र त्यसलाई घोषणापत्रको रुपमा केही दिनपछि सार्वजनिक गर्ने बताउनुभयो । निर्वाचन प्रचार अभियानका क्रममा शनिवार सुनकोशी गाउँपालिकामा स्थानीय पार्टी नेता कार्यकर्ताहरुलाई सम्बोधनगर्दै आफुमा भएको ज्ञान र शिपलाई सिन्धुलीको विकास र सम्बृद्धिमा प्रयोग गर्ने बताउनुभयो ।

इन्जिनियरिङ विषयमा दख्खल राख्नुभएका उम्मेदवार थापाले अगाडि भन्नुभयो, “सिन्धुलीको विकासको मोडेल कस्तो बनाउने भन्ने विषयमा आफुले स्पष्ट दृष्टिकोण योजना बनाइसकेको बताउँदै एमालेले मात्रै समग्र सिन्धुलीको विकासको नेतृत्व गर्नसक्ने ठोकुवा गर्नुभयो । ”

स्मरणीय छः एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका थापा सिन्धुली जिल्ला सदरमुकामका स्थानीय बासिन्दा हुनुहुन्छ ।

 

प्रतिक्रिया