काठमाडौँ– २०७४ को चुनावमा सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट भारी मतसहित निर्वाचित हरिबोल गजुरेलले आगामी मंसिर ४ गतेको चुनावकालागि भने टिकट पाउनुभएन । प्रतिनिधिसभा उम्मेदवार बन्न नपाएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेलले असहमति पत्र दर्ता गराउनुभएको छ ।
माओवादी श्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार असहमति पत्र पठाउनुभएको हो । पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गर्नुभएको छ ।
दुई पटक सिन्धुलीबाट चुनाव जित्नुभएका गजुरेल यसपटक पनि सिन्धुली–२ बाट चुनाव लड्न चाहानुहुन्थ्यो । तर, माओवादी केन्द्रले जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई टिकट दिएको छ ।
निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले आफ्नो नाम सिफारिस गरे पनि टिकट नदिएको भन्दै गजुरेल असन्तुष्ट हुनुहुन्छ ।