सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराउनुभएको विनोद कुमार खड्काले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता गर्नुभएको छ । सिन्धुली सौगातसँग कुराकानी गर्दै निर्वतमान प्रदेशसभा सदस्य खड्काले यस्तो बताउनुभएको हो । “मैले विगत पाँच वर्ष जनताको सेवकको रुपमा काम गरे । यसपटक पनि पुर्न सेवकको रुपमा काम गर्न मलाई पाटिले पठाएको छ । म मेरो जनताको सेवकको रुपमा काम गर्न चाहान्छु । मलाई सहयोग गरि तपाइको सेवक बन्ने अवसर प्रदान गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।” उहाँले भन्नुभयो । विगतमा बाकिँ रहेका विकासको काम पुरा गर्ने योजनाको साथ अगाडि बढेको उहाँले बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा विगत पाँच वर्षमा सम्पन्न गर्न बाकिँ कामलाई पुरा गर्ने प्रतिवद्धता गर्नुभएको हो । आफुसँग पाँच वर्षको कार्यअनुभव रहेको बताउँदै जनताको आवश्यकता अनुसारको काम गर्ने उहाँले बताउनुभयो । “म सँग विगत पाँच वर्षको कार्यअनुभव छ । मैले पाँच वर्ष सम्म मेरो निर्वाचन क्षेत्रमा गरेको कामको मुल्याङकन जनता आफैले गर्ने छन् । भौतिक पुर्वाधार, सामाजिक क्षेत्रका काम, खानेपानी लगाएतको काम गर्नका लागि म सँग एक अनुभव समेत भएकाले यी सबै कुरालाई मध्यनजर गर्दै मेरो निर्वाचन क्षेत्रका आम जनताहरुले मलाई विश्वासको साथ मतदान गर्नुहुने छ ।” उहाँले भन्नुभयो । उहाँका अनुसार विगत पाँच वर्षमा क्षेत्र २ प्रदेश सभा १ मा थुपै काम भएको छ । उक्त क्षेत्रमा १५ वटा सानाठुला पुल निर्माण कार्य भइरहेको छ । जस अन्तगत पाँच वटा पुल निर्माण सम्पन्न भइसकेको छ । यस्तै गाउँगाउँमा करोडौको पाँच वटा फक्कि सडक निर्माणको क्रममा छन् । कुनै सडक सम्पन्न भइसकेको छ भने कुनै सडक निर्माणको क्रममा छन् । सिचाइ, खानेपानी र स्वास्थ्यमा परिर्वतन भएको छ । सम्पूर्ण विकास निर्माण र पुर्वाधारको काम आफुले अगाडि बढाएको खड्काले बताउनुभयो । सम्पन्न गर्न बाकिँ रहेका कामलाई प्राथमिकतामा राखि अगाडि बढाउने योजना बनाएको उहाँले बताउनुभयो ।
खड्का सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा १ का निर्वतमान प्रदेशसभा सदस्य हुनुहुन्छ ।