सिन्धुली संघिय क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवारी दिनुभएको राजन दाहालले जनताको आवश्यकता अनुसारको विकास निर्माणको काम हुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्तापछि पत्रकारसँगको कुराकानीमा दाहालले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको इच्छा अनुसार काम गर्ने, संविधानको कार्यवन्यन, विकास र समृद्धिको नेतृत्व गर्ने लगाएत राष्ट्रिय आवश्यकतालाई केन्द्रत रहेर गठबन्धन दल निर्माण भएको बताउनुभयो । “जनताले माग गरे अनुसारको विकास गरेका छौँ, जनतालाई आवश्यक पर्ने आधारभूत लगाएतका कुरा थाहा पाएको छौँ, जनतालाई जे आवश्यकता महसुस गरेका छन् त्यसलाई पुरा गर्ने विकासका एजेन्डा अगाडि बढाएको छौँ ।” उहाँले भन्नुभयो । शान्त, सुव्यवस्थित र मर्यादित तवरले निर्वाचन सम्पन्न गर्ने दाहालले बताउनुभयो । “जनताले स्वतन्त्र रुपमा मत गर्ने र आफ्नो नेता छनोट गर्ने अधिकार छ । त्यसकारणले विगतमा कुनै पनि अस्वस्थ्य प्रतिस्पधा भएका छन् भने त्यसबाट हामीले शिक्षा लिन्छौँ । यो निर्वाचन शान्त, सुव्यस्थित र मर्यादित, अनुशासित तवरले सम्पन्न गर्ने छौँ । प्रतिस्पधिलाई साथिको रुपमा हेर्ने छौँ । व्यक्ति फरक होइन । मुद्धा, एजेन्डा मात्रै फरक हो । स्वतन्त्र ढंगले सो विवेकको प्रयोग गर्न पाउने र विवेक पूर्ण ढंगबाट मतदान गर्न पाउने वातावरण सिर्जना गर्नेछौँ ।” उहाँले भन्नुभयो । साझा गठबन्धनको तर्फबाट कुनै कमिकमजोरी नहुने उहाँले बताउनुभयो ।
२०३३ असार १० गते सुनकोशी गाउँपालिका ५ नागेडाडाँ खहरेमा जन्मिनुभएकोे दाहाल १३ वर्षको उमेर देखि राजनितिक आन्दोलनमा सहभागि हुनुहन्छ । दाहाल संघीय र प्रदेशसभा निर्वाचन २०७४ मा बागमती प्रदेशसभा सदस्यमा समेत निर्वाचित हुनुभएको थियो । हाल उहाँ नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हुनुहुन्छ ।